म्याग्दी । मालिका गाउँपालिकाले देविस्थानका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।
पालिकाले एक कार्यक्रमका विच शुक्रबार मगरदाङ्ग स्थित श्री गौ बोमवस्त माध्यामिक विद्यालयमा अध्यायनरत ७५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
निम्म आय भएका गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई पढाईमा प्रोत्सान गर्न पालिकाले देविस्थानका सबै विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको गाँउपालिका अध्यक्ष श्री प्रसाद रोकाले बताए । गौ बोमवस्त माध्यामिक विद्यालयका बाल विकास देखि कक्षा पाँच सम्मका ७५ जना विद्यार्थीहरुले शैक्षिक सामाग्री स्वरुप एकथान झोला, ट्याकसुट, पेन्सिल पाएको प्रधानाध्यापक अमृत बुढाथोकीले जानकारी दिए । पालिकाले वितरण गरेको शैक्षिक सामाग्रीले विद्यार्थीहरुमा थप हौसला प्रदान गरेको बताए । उनले असल छिमेकी र पालिकालाई धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रममा मालिका गाउँपालिकाका शिक्षा अधिकृत असोक रिजाल, देविस्थान वडा न पाँचका वडा अध्यक्ष पीपला बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर घर्ती, असल छिमेकीका स्थानीय प्रतिनिधी नविना पुनको विशेष उपस्थिती रहेको थियो । अभिभावकको उल्लेखिए सहभागिता रहेको शैक्षिक सामाग्री वितरण कार्यक्रममा स्वागत विद्यालयका नेपाली शिक्ष चेत बहादुुर जिसी र सञ्चालन विनोद बुढाथोकीले गरेका थिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-