काठमाडौं । युट्युव च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिता झल्कने भिडियो प्रसारण गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका ४ बस्ने कालिकोट झरना गाउँपालिका ९ घर भएका २१ वर्षीय भरत बहादुर तिरुवालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
टेन्सन ब्रो नामक युट्यव च्यानल सञ्चालन गरी अश्लिल शीर्षक राखी समाजमा अश्लिता फैलाउने किसिमका भीडियोहरु बनाई युट्युब लगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाईएपछि उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-