पोखरा नाटक घरमा मङ्सिर १ देखि १४ गते सम्म मञ्चन भएको नाटक “चरणदास चोर” फेरी मञ्चन हुने भएको छ । आज देखी मंसिर २५ सम्म पुन मञ्चन हुने भएको हो । रेनेसा थिएटरको प्रस्तुतिमा विश्व प्रख्यात नाटक “चरणदास चोर” दर्शकको माग अनुसार पुन मञ्चन गरेको नाटकका निर्देशक निश्चलले जानकारी दिए । अन्यबार साझँ ५ बजेदेखी शनिबार दिउँसो १ बजेपनि मञ्चन हुनेछ ।

नाटक चरणदास चोरलाई भारतका प्रख्यात नाट्य निर्देशक तथा कलाकार हविव तनविरले सन् १९७५ मा लेखेका हुन्। यस नाटकलाई नेपाली नाट्य निर्देशक तथा रंगकर्मी आशान्त शर्मा अनुवाद गरेको हुन्।
पोखरा थिएटर गैह्रापाटनमा मञ्चन भएको नाटकमा शरद भण्डारी, निश्चल बिमल, सरोज तिवारी, रोशनी रामदाम, विष्णु तिमिल्सिना, उज्वलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमिल्सिना, मनोज सुनार, एम.डी काफ्ले, नौर क्षेत्री, सुशील बराल, अदित भुजेल, विवेक मन, एलिसा, सुविना श्रेष्ठ, रोशनी श्रेष्ठ, सर्जम मगर, प्रतिक राउत लगायतका कलाकारहरूले अभिनय गर्दै छन्।



























प्रतिक्रिया लेख्नुहोस्:-