कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएका दुईजना व्यक्तिको पिसिआर रिपार्ट नेगेटिभ आएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको पिसिआर परीक्षणमा रिपार्ट नेगेटिभ आएको हो। एक विदेशी र उनको सम्पर्कमा रहेका अर्का व्यक्तिको स्वाब परीक्षण गर्दा मंसिर १९ गते कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले दुवैजनाको पिसिआर रिपार्ट नेगेटिभ आएको बताए। उनले भने, ‘उहाँहरू कोरोनामुक्त हुनुभयो, यसअघि पिसिआर गर्दा ओमिक्रोन भेरियन्ट देखिएको थियो।’
दक्षिण अफ्रिका हुँदै नेपाल आएका ६६ वर्षीय र ७१ वर्षीय दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। ती विदेशी नागरिक मंसिर ३ गते ओमिक्रोन पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए। उनीहरू आउँदा नियमानुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्र पूरा गरेको पाइएको थियो।



























प्रतिक्रिया लेख्नुहोस्:-