पोखरा १६ मंसिर। पोखरा प्रदर्शनी केन्द्रमा कांग्रेसको प्रदेश अधिवेशन उद्घाटनमा शुल्कबारे भनाभन भएको छ । मंचमा रहेका नेताहरुबिचनै शुल्कबारे विवाद भएको हो । कसैले शुल्क घटाउन भने त कसैले शुल्क यथावत राख्न भनिरहेका थिए । महादेव गुरुङले पार्टीले तोकेको शुल्क नै राख्नुपर्ने बताए । उता मंचमा बसेकाहरु भने कुटाकुट गरौला झै गरिरहेका थिए ।
विवादपछी टासगरिएको शुल्क ब्यानर हटाइएको छ । सभापतिका लागि ९१ हजार, उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार, सहमहामन्त्रीका लागि ४१ हजार र सदस्यका लागि ३१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको थियो ।



























प्रतिक्रिया लेख्नुहोस्:-