कास्की ६ मंसिर । बालबालिकाहरुले कानमा लगाएको करिब १ तोला ९५ लाल बराबरको ५ जोर सुनको मुन्द्रा लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका १४ बस्ने स्याङ्जा घर भएकी २४ वर्षीया अम्बिका पुलामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न मिति र समयमा मगरले खानेकुरा खान दिई ललाई फकाई ५ जना बालबालिकाहरुको उक्त मुन्द्रा लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा लुटपाट गरेको उक्त मुन्द्रा र ग।१५ प ६७८८ नम्बरको स्कुटर सहित फेला पारी पक्राउ गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-