पोखरा २२ कार्तिक । फेवाताल संरक्षणका लागि तालको स्रोत नदीमा बनेका सिल्टेसन ड्याम पुन: निमार्णका लागि स्थानीय सरोकारवाल निकायसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ । फेवातालको मुहानका रुपमा रहेका हर्पन खोला, खहरे खोला, लौरुक खोला र वेतयानी खोलामा बनाइएको सिल्टेसन ड्याम वर्खाको बाढिले क्षति पुर्याएको थियो ।
सिल्टेसन ड्याम मर्मत तथा पुन: निमार्णका लागि पोखरा महानगरपालिका र फेवा सिल्टेसन प्रा.लि.बिच सार्वजानिक निजि साझेदारी अवधारणा अनुरुप आयोजना सम्झौता कार्यान्वयनको चरणमा रहेको छ ।
उक्त सम्झौता अनुसार आवस्यक पर्ने वृस्तित परियोजना (डिपिआर) तयार गर्नका लागि अन्तरक्रिया एवम् राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको नवराज पराजुलीले जानकारी दिए । कार्यक्रममा वडा जनप्रतिनिधि,स्थानीय वासिन्दा, राजनैतीक दलका प्रतिनिधि, पोखरा महानगर प्रतिनिधि तथा निमार्ण कम्पनीको सहभागिता रहेको थियो ।






























प्रतिक्रिया लेख्नुहोस्:-