काठमाडौं, २२ कात्तिक । काठमाडौं, गोकर्णेश्वार नगरपालिका १ सुन्दरीजलस्थित सडकमा बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका ८ अत्तरखेल बस्ने २२ वर्षीय स्वछन्द पुडासैनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
ललितपुर, ललितपुर महानगरपालिका ३ धोबिघाटस्थित सडकमा बा ४१ प ८४९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं कपन बस्ने रामेछाप मन्थली नगरपालिका ६ घर भएका ३२ वर्षीय रामजी कार्की डोलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १२ वर्षीय मिरन सेवाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बाँके, कोहलपुर नगरपालिका १४ हवल्दारपुरस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय बिनोद अधिकारीको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । कार सहित हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-