पोखरा १७ कात्तिक । नेपालिहरुको महान चाड तिहारको सु अबसरमा यहि आउने १८ गते लक्ष्मी पुजाको दिन तिनपिप्लेमा ग्याम्जो, डिल्लिराज र उत्तम ले गर्ने भए महोत्सव गर्ने भएका छन् । हाम्रो काभ्रे सिन्धुपाल्चोक अन्लाईन रोधी घरद्वारा कला र गलाको सम्मान हाम्रो अभियानू भन्ने नाराको साथ कला र सस्कृतिको जगेर्न, तार्केस्वोर पर्यटनलाई प्रबर्द्धन, रसुवा जिल्लाको झाक्री नाच र रसुवाको मौलिक गित संगीतलाई प्रचार प्रसार गर्ने लक्ष्यका साथ हास्य सेरियल बढो बिजोक र रसुवा एकता समाजले संयुक्तमा बृहत् तिहार साँस्कृतिक महोत्सव २०७८ आयोजना गरिने भएको हो ।
यो संगै रसुवा एकता समाजका अध्यक्ष डिल्लिराज तामाङले कार्यक्रमको ब्यबस्थापनमा साथ दिदै काठ्मान्डौमा बसोबास गर्ने रसुवाबासी र रसुवाको कला र सस्कृतीलाई भुल्न नहुने जहाँ रहे पनि आफ्नो परम्परा लाई निरन्तरता दिने उदेश्यले कार्यक्रम गरेको बताए ।
तार्केस्वोर ०३ तिनपिप्लेमा कोरोनाको चपेटाले गर्दा कुनै कार्यक्रम नभएको र लामो समय पछि कार्यक्रम गर्न लागेको भन्दै कार्यक्रमको मुख्य संयोजक उत्तम अर्याल कोदे ज्यु ले खुशी ब्यक्त गर्नु भयो भने बढो बिजोक का डाइरेक्टर ग्याम्जो लामाले कार्यक्रम भब्य र सब्य हुने भनेर जानकारी दिए ।
कार्यक्रममा चर्चित सामाजीक अभियन्ता पुन्य गौतम , हास्य कलाकार सुरबिर पन्डित, इन्द्र दोङ लामा , उत्तम अर्याल कोदे , किशोर भन्डारी, ग्याम्जो लामा,शिबहरी बैरागी,लक्ष्मिनाथ तिमल्सिना , गायक संगम थापा,प्रियजन राई ,प्रतिमा अर्याल , प्रसिद्ध युजस ट्याटु ,राजु झकास वाइबा डन,प्रताप स्याङ्तान लगायत नया तथा पुराना कलाकार हरुको बेजोड प्रस्तुती रहने छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-