अरुण काबेली पावर लिमिटेड (AKPL) ले हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा श्री नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंलाई नियुक्त गरेको छ।
कम्पनीले प्रस्ताव गरे बमोजिम मिति २०७८ भाद्र २६ मा सम्पन्न ११औं वार्षिक साधारण सभाबाट बोनस वितरण गरे पश्च्यात कायम हुन आउने चुक्ता पूंजीको १:१ अर्थात १००% हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो।
हाल कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्ला बिच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि-१ जलविद्युत आयोजना संचालन गरिरहेको छ।





























प्रतिक्रिया लेख्नुहोस्:-