चीनले शनिबार नयाँ सीमा सुरक्षा कानुन पारित गरेको छ। भारतसँगको सीमा विवाद जारी रहेको अवस्थामा चीनले नयाँ सीमा सुरक्षा कानुन ल्याएको हो। साथै यो कानुनलाई कोरोना संक्रमण नियन्त्रण तथा अफगानिस्तानको सीमा सर्तकता बढाउन चालिएको कदमको रुपमा पनि हेरिएको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार यो कानुन आगामी जनवरीदेखि लागू हुनेछ। यद्यपि अहिले नै यो कानुनले कस्तो असर पार्छ भन्ने स्पष्ट भइसकेको छैन।
तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानलाई चीनले निरन्तर नियालिरहेको छ। त्यस्तै चीनको भारतसँगको सीमा विवाद पनि अझै साम्य भएको छैन। विभिन्न चरणमा दुई मुलुकबीच सैन्य वार्ता भए पनि कुनै निष्कर्ष निस्किन सकेको छैन।






























प्रतिक्रिया लेख्नुहोस्:-