कास्कीको घान्द्रुकमा जीप दुर्घटनामा परेको छ । दुर्घटनामा पर्दा ८ जनाको अवस्था अचेत रहेको छ । दुर्घटनामा परेका करिब ७–८ जनाको अवस्था निकै गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । उनका उनुसार ७–८ जनाको अवस्था गम्भिर छ । डाक्टरले भनेपछि मात्रै यथार्थ विवरण आउने उनले बताए । ‘एक टोली घटना स्थल पुगिसकेको छ । म पनि त्यतै जादैँ छु ’उनले भने । १० जना सवार जिप दुर्घटना हुदाँ ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी आएपनि हमालले भने डाक्टरको रिर्पोट आएपश्चात आधिकारी हुने बताए । ‘अहिले यसै भन्न मिल्दैन् । अस्पताल लगेपछि मात्रै थाहा हुन्छ ६–७ जनाको अवस्था निकै गम्भिर भन्ने कुरा आएको छ ।’
हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जीपमा चालक सहित १० जना यात्रु सवार थिए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-