काठमाडौं पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको छ। बिहीबार बिहान ३:३० बजे गएको ६।० म्यानिच्युटको भूकप्पमा परी २० जनाले ज्यान गुमाएका हुन्। भूकम्पले पाकिस्तानमा ठूलो क्षति पुर्याएको बीबीसीले जनाएको छ।
विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
प्रान्तीय सरकारका एक वरिष्ठ अधिकारी सुहैल अनवर हाशमीले एएफपीलाई कयौं घरको छत र भित्ता खसेर मानिसको ज्यान गएको बताएका छन्। उनले मृत्य हुनेमा एक महिला र ६ बच्चासमेत रहेको जानकारी दिएका छन्।
नेपाल समय
भूकम्पबाट सबै भन्दा बलुचिस्तानको सुदूर पहाडि सहर हरनाइ प्रभावित भएको छ। त्यहाँ सडक, बिजुली र टेलिफोन सम्पर्कसमेत विच्छेद भएको छ।
बलुचिस्तानको प्रान्तीय राजधानी केटामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए।
थुप्रै व्यक्ति घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।






























प्रतिक्रिया लेख्नुहोस्:-