पोखरा १९ असोज । उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो चौधौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
पोखरा महानगर वडा नम्बर ६ का अध्यक्ष जगत पहारीको प्रमुख आतिथ्यतामा होटल पब्लिक च्वाइस लेकसाइडमा सहकारीले आफ्नो साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रमा बोल्दै संस्थाका अध्यक्ष सुर्यनाथ पहारीले युनाइटेड रेफरेन्स ल्याबोटरि न्युरोडमा उपचार गर्न जाने हरेक शेयर सदस्यले उपचारमा ३० प्रतिशत छुट पाउने सुबिधा सम्झौता गरेको बताए ।
त्यस्तै कालीगण्डकी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्राली सङ्ग पनि स्वास्थ्य सेवाका लागि सम्झौता गरिएको उनले बताए ।
त्यसैगरी पोखरा ६ मा अवस्थित ताल बाराही माविमा अध्ययनरत १० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय समेत भएको सहकारीले जनाएको छ ।
त्यसैगरी कार्यक्रममा बोल्दै शिक्षा समिती संयोजक पबित्रा थापाले तिजमा मात्र दर खुवाउने कार्यक्रम मात्र होइन महिलालाई लक्षित गरेर पनि कार्यक्रमहरु गर्ने गरेको बताइन ।
त्यस्तै ऋण समिति संयोजक राम खाणले हरेक शेयर सदस्यले मुद्द्ती र बचत मात्र गरेर नभएर ब्यवसाय गर्न र सौलियत ऋण लिएर लाभ उठाउन समेत आग्रह गरे ।
त्यस्तै सोहि अवसरमा सहकारीले निक्षेप तथा कर्जातर्फ उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मानित गरेको छ ।
सम्मानित हुनेहरु एक प्रसाद न्योपाने, दुर्गा देबि न्यौपाने, महादेव खतिवडा, ठउ माया आले, माधब बस्याल, मनिराम पाण्डे, इन्दिरा तिमल्सिना, अनिस पुन, लिपना शेरचन, बदम काशी गुरुङ्ग , मेख बहादुर सिम्खडा, उजेली मल्ल र गिता खडकि गरेका छन् ।
कृस्न कुमारी पौडेलले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सचिब सुन्दरराज पहारीले गरेका थिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-