पोखरा, १४ असोज–राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत बिहिबार भएको धरान डर्विको खेलमा फुटसल ५ विजयी भएको छ ।
पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा द राइजिङ क्लब धरानलाई फुटसल ५ धरानले ७–५ गोल अन्तरले हराएको हो ।
खेलमा अग्रता भने राइजिङले लिएको थियो ।
खेलको चौथो मिनेटमा सुदिप गुरुङले गोल गर्दै अग्रता दिलाए । उनले ८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । फुटसल ५ का विजय श्रेष्ठले १७ औँ मिनेटमा गोल गर्दै अग्रता घटाए ।
उनले २० औँ मिनेटमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे । २० औँ मिनेटमा दोर्जे तामाङले गोल गरे । पहिलो हाफमा ३–२ को अग्रता लिएको राइजिङ दोस्रो हाफमा भने सम्हालिन सकेन ।
२४ औँ मिनेटमा मिलन राइले गोल अग्रता दिलाए । उता फुटसल ५ ले ४ मिनेटमा पाँच गोल गर्दै जित हात पा¥यो । फुटसल ५ का सरोज तामाङले २ मिनेटमा ह्याट्रिक गरे ।
उनले खेलको ३५ औं मिनेटमा १ तथा ३६ औँ मिनेटमा २ गोल गरे । रन्जित गुरुङले ३७ तथा प्रवेश जोशीले ३८ औँ मिनेटमा गोल गरे । राइजिङका लागि २९ औँ मिनेटमा हेमन्त थापा मगरले गोल गरे ।
खेलमा २ वटा रातो कार्ड समेत देखाइयो । राइजिङका कप्तान एवम् गोलरक्षक सचिन श्रेष्ठले खेलको १९ औँ मिनेटमा रातो कार्ड पाए भने फुटसल ५ का कप्तान सन्दिप कार्कीले दोहोरो पहेँलो कार्ड खादैँ मैदान बाहिरीए ।
राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले रेफ्रीको सिकारमा आफूहरु सुरुदेखि नै परिरहेको प्रतिक्रिया दिए । उनले अनावस्यक रुपमा खेलाडीलाई कार्ड दिनु गलत रहेको बताए ।
फुटसल ५ का प्रशिक्षक विश्वास लामाले केहि निर्णबाट आफूहरुपनि आक्रोशित भएपनि पछि आफूहरुलाई कारण बताएपछि चुप भएको प्रतिक्रिया दिए । उनले आगामी यात्रा निकै कठिन भएको जानकारी दिए ।
यस्तै अर्को खेलमा लुम्बिनी फुटसललाई हराउँदै ढुकु फुटसल हव रेलिगेसनबाट जोगिएको छ । ढुकुले लुम्बिनीलाई ५–२ गोल अन्तरले हराउँदै जित हात पारेको हो ।
ढुकुको जितमा विक्रान्त नरसिंह रानार प्रसिद्ध मगरले २–२ तथा अभय रानाले १ गोल गरे । जितसंगै ढुकुको ७ खेलबाट ७ अंक रहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-