राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तरगत बिहिबार द राइजिङ क्लब धरान र फुटसल ५ धरानको बिच खेल चलिरहँदा रेफ्रीले गलत निर्णय दिएको भन्दै विवाद भएको छ ।
पहिलो हाफ सकिन केहि मिनेटमात्रै बाकि रहादा राइजिङका गोलरक्षकलाई रातो कार्ड दिएपनि विवाद भएको हो । विवादका कारण करिब १० मिनेट भन्दा बढि खेल समेत रोकिएको थियो ।
पहिलो हाफको १९ औँ मिनेटमा विजय श्रेष्ठले लामो प्रहार गर्दा राइजिङका गोलरक्षक एवम् कप्तान सचिन श्रेष्ठले जम्पगर्दै बल क्लियर गरेर ल्याण्ड गर्नेक्रममा धरानका रन्जित गुरुङलाई घुडाँले लागेपछि सिद्यै रेड कार्ड दिएका थिए ।
यस अघि समेत १८ औँ मिनेटको खेल चलिरहँदा फुटसल ५ का कप्तान सन्दिप कार्कीले अचानक पहेँलो कार्ड पाए । यस अघि समेत पहेँलो कार्ड पाएका कारण दोहोरो पहेँलो कार्डपछि उनलाई रेडकार्ड दिइएको थियो ।
लामो विवाद पछि पुन ः खेल सुचारु गरिएको थियो । तर, आयोजकले पनि आन्तरिक रुपमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।






























प्रतिक्रिया लेख्नुहोस्:-