पोखरा, १० असोज–राष्ट्रिय ए डिभिजन फुटसल लिगमा सविन मेमोरियलका अभिनाष तामाङ सर्वाधिक गोलकर्ता बनेका छन् ।
आइतबार पोखरा रंगशाला बहुउदेश्यी कभर्डहलको फुटसल कोर्टमा भएको खेलमा द राइजिङ क्लब धरानसंग ५–५ गोलको बराबरी खेलेसंगै अभिनाष सर्वाधिक गोलकर्ता बन्न सफल भएका हुन् ।
उनले ५ खेलमा १० गोल गरेका छन् । यस अघि राइजिङकै रिवोस मास्के र अभिनाषको ४ खेलमा समान ८÷८ गोल गरेका थिए । सविन विरुद्धको खेल भने मास्केले गुमाउँदा सर्वाधिक गोलकर्ता हुन बाट समेत चुकेका छन् ।
राइजिङविरुद्धको खेलमा २ गोल गरेसंगै अभिनाष लिगको सर्वाधिक गोलकर्ता बनेका हुन् । मास्केभने ज्वरो आएका कारण टिमबाट बाहिर रहे । मास्केको अभाव भने टिममा खड्किएको थियो ।
बराबरीबाट सविनका प्रशिक्षक राजेन्द्र तामाङ भने खेलाडीको प्रदर्सनबाट असन्तुष्टि रहेको प्रतिक्रिया दिए । उनले खेलाडीमा ओभर कन्फिडेन्ट भएका कारण अंक बाड्न बाध्य भएको सुनाए ।
‘विपक्षिलाई कम्जोर सोचेर खेल्दा यस्तो भएको हो । खेलाडीमा ओभर कन्फिडेन्ट देखियो । म सन्तुष्ट छैन्’ उनले भने । उता राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले भने खेलाडीको प्रदर्सनीबाट निकै खुसी रहेको प्रतिक्रिया दिए ।
‘हाम्रा पहिलो रोजाइका खेलाडी घाइते छन् । किपरपनि घाइते छ । डाक्टरले २ वा ३ हप्ता आराम गर्न भनेका छन् तर, टिमका लागि नसकिनसकि पनि खेलिरहेका छन् । सबै खेलाडी घाइते छन् ।
भएका मुख्य खेलाडी विकु तामाङपनि दोहोरे पहेँलो कार्ड पाएकाले यो खेल गुमाउन पुगे’ उनले भने । यस्तै आइतबारनै सम्पन्न दोस्रो खेलमा शंखमुलले ढुकु फुटसल हबलाई ६–२ गोल अन्तरले हराएको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-