पोखरमा भइराखेको राष्ट्रिय ए डिभिजन फुटसल लिगमा अफिसियल प्रति गुनासो हुनु नौलो कुरा होइन् । खेलमा कहिँ न कतै चुकेकै हुन्छन् । तर, यतिपनि चुकेका हुदैँनन् की जित्ने टिमले पनि विरोध हार्ने टिमले पनि विरोध ।
यस्तै अवस्था आयो फुटसल लिगमा । जहाँ १० टिमले नै रेफ्रीको कुशलता प्रति औला उठाएका छन् । लिगमा सहभागि सबै टिमले निर्णयको विरोध गर्दै ७ बुदे असन्तुष्टि सहितको ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरुले रेफ्रीमा अनुभवीको कमी, कम्जोर निर्णय क्षमता तथा नियम प्रति पूर्ण जानकार नहुनु असन्तुष्टिका कारणहरु रहेको बताए । नेपाल व्यवसायी फुटसल संघका अध्यक्ष तथा ढुकु फुटसल हवका प्रशिक्षक राज महर्जनले अनुभवी रेफ्रीको कमी लिगमा देखिएको बताए ।
उनले सिनियर रेफ्री ल्याउनुपर्ने बताए । एन्फा फुटसल विभाग प्रमुख विनोद गुरुङलाई शुक्रवार ज्ञापनपत्र बुझाइएको हो । गुरुङले आवश्यक छलफल गरेर निर्णय लिने बताए ।
लिगको हरेक खेल विवादरहित हुन भने सकेन । हरेक खेलमा दुवैपक्ष रेफ्रीको निर्णयप्रति असन्तुष्टि रहेको देखिए छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-