काठमाडौं ६ असोज । गाईको बाछो काटेको अभियोगमा रसुवा नौकुण्ठ गाउँपालिका २ घर भएका ६५ वर्षीय कामछिरिङ लोकचन लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका ५ गोलढुङ्गा फुयेलचोक चौतराको खोलामा गाईको बाछो काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले गाईको बाछो काटिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-