लेखनाथ ४ असोज । सुरक्षा पालुवा वचत तथा ऋण सहकारी संस्था लि पोखरा–३३ बागमाराको १५ औं वार्षिक साधारण सभा आईतबारबाट शुरु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले वडाभित्र रहेका सवै सहकारी संस्थाहरुलाई मर्ज गरेर एउटै ठुलो सहकारी बनाउने र सहकारीग्राम स्थापना गरी ठुलो लगानीमा राम्रो प्रतिफल आउने खालको काम गर्ने वतावरण बनाउने कार्ययोजना बनाएको वताएका छन ।
सोही कार्यक्रममा भरतपोखरी बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष, नेफस्कुन पोखराकी कार्यालय प्रमुख यमकला सुवेदी, बागमारा सहकारीका अध्यक्ष डिल्लीराम बराल, भरतपोखरी सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारी, एनसिसि बैंक भरतपोखी शाखाका प्रमुख खिम बहादुर क्षेत्री, संस्थाका सल्लाहकारहरु यज्ञप्रसाद अधिकारी र खेमराज पौडेल लगायतले बोलेका थिए ।
संस्थाका कोषाध्यक्ष दिपक बाँनियाले सहकारीको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने शिक्षा समितिकी संयोजक निर्मला आचार्यले सहकारीका सात सिद्धान्तहरु वचन गरेकी थिईन ।
संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद कँडेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव यज्ञप्रसाद आचार्यले गरेका थिए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-