आजको पञ्चा·
वि.सं. २०७८ साल श्रावण ३० गते शनिबार, तदनुसार ई.सं. २०२१ अगस्त १४ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणशुक्लपक्षको षष्ठी तिथि पूर्वान्ह ११:५१ बजेसम्म, त्यसपछि सप्तमी रहनेछ ।
नक्षत्र : चित्रा पूर्वान्ह ८:०० बजेसम्म, त्यसपछि स्वाती रहनेछ ।
विष्कुंभादी योग : शुभ दिवा १:०६ बजेसम्म, त्यसपछि शुक्ल रहनेछ ।
आनन्दादी योग : काण ।
करण : गर वेलुका १०:४४ बजेसम्म, त्यसपछि भद्रा रहनेछ ।
सूर्य : कर्कट राशिमा, चन्द्रमा : तुला राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय : ५:३४ बजे, सूर्यास्त : बेलुका ६:४१ बजे ।
(भोलि : रविसप्तमीव्रत, गोस्वामी तुलसीदास जयन्ती)
.
मेष : मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । श्रृंगारिक कार्यमा ध्यान जानेछ । माया–प्रेमको गाँठो कसिलो बन्नेछ । आर्थिक पक्षमा सुधार हुनेछ । विशेष कार्यको नेतृत्व गर्न पाइनेछ ।
वृष : सानातिना समस्या आइलागेता पनि दृढ भएर अघि बढ्दा सफल नै भइनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । नयाँ अवसर प्राप्त हुनेछ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ ।
मिथुन : पारिवारिक मेलमिलापको वातावरण बन्नेछ । सुखसुविस्ता उपभोग गर्न पाइनेछ । मनमा शान्तिको अनुभूति हुनेछ । सकारात्मक सोचाइ रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक कृत्यमा सहभागी भइनेछ ।
कर्कट : नजिकका व्यक्तिसँग नै विवादको स्थिति सृजना हुनेछ । चतुर्थ भावमा रहने चन्द्रमा ग्रहका प्रभावले कष्टको सामना गर्नु पर्नेछ । बोलिकै कारण बन्नै आँटेका कार्यले समेत विराम लिनेछन् । स्वास्थ्य कमजोर बन्नेछ ।
सिंह : कृषि एवं श्रममार्गबाट उचित लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ । व्यवस्थापन पक्ष सबल रहनेछ । दाजुभाईको सहयोगले कार्य बन्नेछन् । नयाँ मित्र बनाइनेछ । सामाजिक कार्यबाट प्रशंसा मिल्नेछ ।
कन्या : सामान्य कुरामा भुल्ने समय छैन । आफन्तजनसँगको भ्रमण होला । अचल सम्पत्तिमा गरेको लगानिले भविष्यसम्म लाभ लिन पाइनेछ । धन सञ्चयको वातावरण बन्नेछ । घरमा नयाँ चहलपहल छाउनेछ ।
तुला : पूराना समस्यालाई हल गर्दै अघि बढ्न सकिनेछ । नयाँ कार्य योजनाहरु रचिने छन् । विशिष्ट समारोहमा अतिथिको सत्कार पाइनेछ । मानसिक क्षमताको बृद्धि विकास हुनेछ । अध्ययनमा रुचि बढ्नेछ ।
बृश्चिक : मन हुँदाहुँदै पनि गरिरहेको कार्य छाड्नु पर्दा, नैराश्यता छाउनेछ । चिन्ता, पीरले सताउनेछ । आर्थिक लेनदेनमा विवाद बढ्नेछ । असन्तोषी प्रवृत्तिले सताउनेछ । झमेला युक्त कार्यको नेतृत्व गर्नु पर्नेछ ।
धनु : नयाँ व्यवसायको सुरुवाति गर्ने समय रहेको छ । आस मारेको धन हात लाग्नेछ । विद्यार्थी वर्गका लागि समेत उन्नतिकारक समय रहेको छ । नयाँ प्रस्तावहरु आउने छन् । आय मूलक कार्यमा चासो रहनेछ ।
मकर : सहनशिलता र कृयाशिलताको बृद्धि विकास हुनेछ । मान्यजनसँग सहकार्य गर्ने अवसर मिल्नेछ । वहान सुख मिल्नेछ । आर्थिक उपलब्धि हुनेछ । कर्मभाव खुलेको छ । न्यायिक कार्यमा चासो रहनेछ ।
कुम्भ : आर्थिक पक्षमा सुधार हुनेछ । समस्याको निराकरणको उपाय रचिनेछ । सामान्य कार्यले नै लक्ष्यमा पुग्न सकिनेछ । हर्ष बढ्नेछ । शैक्षिक क्षेत्रमा उन्नतिको संकेत देखिन्छ । समय सुधारोन्मुख रहनेछ ।
मीन : व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण कार्यमा पछि परिनेछ । कठोर बोली व्यवहारका कारण मान्यजनसँग विवाद पर्नेछ । चिन्ता बढ्नेछ । हचुवाको भरमा निर्णय लिँदा समस्यामा परिन सक्छ, सजक रहनु होला ।























प्रतिक्रिया लेख्नुहोस्:-