२०८३ जेष्ठ २०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरोना महामारीको तेस्रो लहर आइसकेको चिकित्सकहरूले संकेत

गण्डकी प्रेस
साउन २१, २०७८ ०५:५९ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
२४ घण्टामा देशभर २४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु
8
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं २१ साउन । नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै तेस्रो लहर भित्रिएको हुन सक्छ । त्यसैले अब साँच्चै नै विशेष सर्तक हँुदै सावधानी अपनाउनुपर्छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले तेस्रो लहर सुरु भइसकेको हुँदा यसलाई थेग्न सम्बन्धित अभिभावक निकाय सतर्क हुनुपर्ने कुरा आंैल्याइरहेको छ । हाल टेकु अस्पतालका बेडमा कोरोना संक्रमित बिरामी खचाखच भरिएका छन् । अस्पतालका निर्देशकले यसलाई तेस्रो लहर सुरु भएको संकेतका रूपमा आफूहरूले सामना गरिरहेको बताएका छन् । पछिल्लो एक सातादेखि नै टेकुलगायत अन्य अस्पतालमा संक्रमित बिरामीको चाप बढ्न थालिसकेको थियो । भर्खरै मात्र काठमाडौं उपत्यकामा निषेधाज्ञा थप लम्ब्याए पनि त्यो निर्णय दोस्रो लहरको बढ्दो प्रभावका आधारमा लिइएको थियो । अब परिस्थितिले कोल्टे फेरिसकेको छ । निषेधाज्ञा, स्मार्ट लकडाउन वा लकडाउन आदि कुरा चर्चामा आइरहेका छन् । अर्कोतिर अस्पतालमा कोरोना उपचारका लागि छुट्याइएका बेड खाली छैनन् । कोरोना कक्ष र स्थान विस्तारका लागि स्थान अभाव छ । नेपालको एक मात्र सरुवा रोग अस्पताल टेकुमा संक्रमितका लागि बनाइएको वार्डमा छुट्याइएका ४० वटै बेडमा बिरामी टन्न भरिइसकेका छन् ।

त्यहाँ अहिले इमर्जेन्सी तथा गम्भीर बिरामीका लागि भनी बनाइएको २४ बेडको आईसीयू कक्षमा २३ जना जटिल अवस्थाका संक्रमित बिरामीको उपचार भइरहेको छ । यीमध्ये २० भन्दा बढी बिरामी भेन्टिलेटरको सहायतामा बाँचिरहेका छन् । उपत्यकाका अन्य अस्पताल पनि भरिभराउ हुन थालेका छन् । कतिपय अस्पतालले त अब कोरोना संक्रमित बिरामीको उपचारका लागि बेड नै नभएको सार्वजनिक घोषणा गरिरहेका छन् । बिरामीका लागि अभाव हुने गरेको अक्सिजन अहिले पनि बजारमा अभाव नै छ । उता थप संक्रमित बिरामी आउँदा तिनको उपचारका लागि अस्थायी टहरामा र बेड बनाएर उपचार थालिएको छ । बिरामीका लागि डाक्टर र नर्सहरू पर्याप्त मात्रामा छैनन् । अबका दिनमा अस्पतालमा उपलब्ध उपकरणले पनि आगामी कामलाई गति दिनेछैन । महामारीले च्याप्दै लगेको अनुपातमा उपकरण, औषधि तथा आवश्यक सामग्रीको जोहो समयमै गरिनुपर्छ । अर्कोतिर, संक्रमण उपचारको अग्रमोर्चाका खटिरहेका लागि आवश्यक भौतिक तथा अन्य सेवासुविधा प्रदान गर्ने प्याकेज कार्यक्रमको घोषणा गरिनुपर्छ । बिरामीका लागि खोप तथा अन्य आवश्यक औषधिको मूल्य निर्धारण, अनुगमन, निरीक्षण र मूल्यांकन गरिनुु जरुरी हुन गएको छ ।

हालका लागि देशमा उपलब्ध खोप विस्तार, अन्य अपुग खोप आयातका लागि निरन्तर पहल, अनुदान खोप ल्याउन प्रभावकारी कूटनीतिक वार्ता र खरिद गरेर ल्याउने खोपका लागि खरिद प्रक्रिया शीघ्रातिशीघ्र अघि बढाउनुपर्छ । यो निकै जरुरी पनि छ । अर्कोतिर महामारीविरुद्धको लडाइँ सरकारवादी लडाइँ मात्र होइन, जनताको आफ्नै लडाइँ पनि हो । यो आफैंमा महामारीविरुद्ध सार्वजनिक लडाइँ पनि हो । जसमा जनताको स्वसहभागिता निर्णायक हुन आउँछ । त्यसैले जनताले पनि कोरोना महामारीको पहिलो लहर आउँदा अपनाइनुपर्ने सतर्कतामा जेजस्ता गल्ती गरेका थियौं । तिनै गल्ती दोहर्‍याइरहेकाले दोस्रो लहरपछि पनि यो हालत बेहोर्नुपरेको कुरा निकै गहिराइका साथ मनन गर्नुपर्छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL