नवलपरासी १९ साउन । बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका २ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खान रहेका छन् । लु १६ प ३७२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइने जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-