काठमाडौँ । स्थीय तहको निर्वाचनको अन्तिम परिणाम आउनेक्रम जारी रहेको छ । अहिलेसम्म १७ स्थानीय तहको अन्तिम परिणाम आएको छ । जसमा नेपाली काँग्रेसले ७ स्थानीय तहमा जित हासिल गरेको छ भने नेकपा एमालेले ६ स्थानीय तहमा जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २/२ स्थानमा जितेका छन् ।
अन्तिम नतिजा आएका पालिका :
नेपाली काँग्रेस
१) घरपझोङ गाउँपालिका (मुस्ताङ ) – मोहनसिंह लालचन
२) नार्पाभूमि गाउँपालिका (मनाङ)- कोन्जो तेन्जिङ लामा
३) नासों गाउँपालिका (मनाङ)_ धनबहादुर गुरुङ
४) गन्यापधुरा गाउँपालिका (डडेल्धुरा)- इन्द्रबहादुर कार्की
५) रेसुंगा नगरपालिका (गुल्मी)- खिलध्वज पन्थी
६) गुल्मीदरबार गाउँपालिका (गल्मी)- सरोजकुमार थापा
७) बडीकेदार गाउँपालिका (डोटी)- भैरवबहादुर साउद
एमाले
१)शे फोक्सुण्डो गाउँपालिका (डोल्पा)- धावा सन्दुक गुरुङ
२)चामे गाउँपालिका (मनाङ)- लोकेन्द्रबहादुर घले
३) मनाङ ङिस्याङ गाउँपालिका (मनाङ)- कान्छा घले
४) वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ)- रिङजीन नामगेल गुरुङ
५)लो(घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ)- लोप्साङ छोम्पेल विष्ट
६) लोमान्थाङ गाउँपालिका (मुस्ताङ)- टसी न्हर्वु गुरुङ
माओवादी केन्द्र :
१) जगदुल्ला गाउँपालिका (डोल्पा)- नारा सिंह रोकाया
२)नौमुले गाउँपालिका (दैलेख)- छविराम सुवेदी
एकीकृत समाजवादी
१) काइके गाउँपालिका (डोल्पा)- अंगद कुमार राना
२)छार्का ताईसोइ गाउँपालिका (डोल्पा)- सेनाङ गुरुङ
प्रतिक्रिया लेख्नुहोस्:-