काठमाडौं १६ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १०६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५१९ जनाको परीक्षण गर्दा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको हो।
यसमा ९ हजार २६३ जनाको आरटी पीसीआर र ४ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट २ हजार २८० र एन्टिजेनबा ८२६ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म पीसीआरबाट ६ लाख ९५ हजार ३८९ र एन्टिजेनबाट ६१ हजार ३५० जनामा कोरोना पुष्टि भएको छ। यस्तै, ६ लाख ५४ हजार १७७ जना कोरोना संक्रमणमुक्त भएका छन्।


























प्रतिक्रिया लेख्नुहोस्:-