२०८३ जेष्ठ १७, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ह्वाइट हाउसमा ट्रम्प र मोदीबीच कुराकानी भएका ८ विषय

गण्डकी प्रेस
फाल्गुन २, २०८१ १३:५७ मा प्रकाशित
अन्तराष्ट्रिय, प्रमुख समाचार, समाचार
ह्वाइट हाउसमा ट्रम्प र मोदीबीच कुराकानी भएका ८ विषय
13
SHARES
Share on FacebookShare on Twitter


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने अमेरिका भ्रमणमा छन्।

आफ्नो निमन्त्रणामा अमेरिका पुगेका मोदीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार नै ह्वाइट हाउसमा स्वागत गरे। त्यहाँ उनीहरुबीच विभिन्न विषयमा लामो कुराकानी भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।

कुराकानीपछि ह्वाइट हाउसमा संयुक्त पत्रकार सम्मेलन गरी के(के विषयमा छलफल भयो भन्नेबारे ट्रम्प र मोदीले पत्रकारहरूलाई ब्रिफिङ गरे।

ट्रम्प र मोदीबीच आप्रवासीदेखि व्यापारलगायत विभिन्न विषयमा छलफल भएको छ। पत्रकार सम्मेलनमा दुवैले एक अर्काको तारिफ गरेका थिए। ट्रम्पले मोदीलाई आफूभन्दा कडा वार्ताकार र मध्यस्तकर्ता भनेका छन् भने मोदीले राष्ट्रहितलाई सर्वोच्च कसरी कायम राख्ने भन्ने ट्रम्पबाट सिक्न सकिने बताएका थिए।

ट्रम्पले विश्वका सबै देशहरूलाई रेसिप्रोकलु महसुलको लगाउने तयारी गरेका छन्। रेसिप्रोकल महसुल भनेको अमेरिकी समानमा कुनै देशले जति महसुल लगाउँछन्, ती देशका सामान अमेरिकामा आयात हुँदा त्यति नै भन्सार दर लगाउने भनेको हो।

मोदीसँगको भेटमा ट्रम्पले भारतमाथि पनि रेसिप्रोकल महसुल लगाइएको बताएका छन्। उनीहरू हामीलाई जति महसुल लगाउँछन्, हामी पनि त्यति नै महसुल लगाउँछौं, ट्रम्पले भने। यद्यपि द्वीपक्षीय व्यापार वृद्धि गरी आगामी २०३० सम्ममा ५ खर्ब डलर पुर्‍याउने सहमति गरेका छन्। यसका लागि दुई देशका प्रतिनिधिले आपसी समन्वय गरी व्यापार सम्झौता तयार गर्ने भनिएको छ।

द्वीपक्षीय विकास, उत्पादन, प्रविधि आदानप्रदान गर्ने र दुवै देश आणविक ऊर्जाको क्षेत्रमा लगानी बढाउन सहमत भएका छन्। भारतले अमेरिकाबाट तेल र ग्यासको खरिद वृद्धि गर्ने भनिएको छ। यसपालिबाट भारतमा सैनिक हात हतियारको व्यापार बढाउने पनि बताएका छन्। पत्रकार सम्मेलनमा ट्रम्पले भारतलाई लडाकू विमान एफ-३५ दिने प्रक्रिया थालिने बताएका छन्।

यही वर्षदेखि भारतसँगको सैनिक हातहतियार व्यापार वृद्धि गर्नेछौं। भारतलाई एफ-३५ लडाकु विमान प्रदान गर्ने बाटो पनि यसैपालि खोल्दैछौं, ट्रम्पले भने।

भारतीय अधिकारीहरूले भने लडाकु विमान सम्झौता नभई प्रस्तावमात्रै रहेको र त्यसमा कुनै प्रक्रिया सुरू नभएको बताएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूले अदानी समूहबारे पनि प्रश्न गरेको थियो।

मंसिर ५ गते अमेरिकाको धितोपत्र आयोग र न्यायाधीवक्ता कार्यालयले अदानीलाई घुसखोरीको अभियोग लगाएको थियो। सौर्य ऊर्जाको ठेक्का पाउनका लागि भारतका सरकारी अधिकारीलाई २५ करोड डलर भन्दा धेरै घुस खुवाउने प्रस्ताव गरेको अभियोग लगाएको थियो।

त्यसबारे के कुराकानी भयो भनेर पत्रकारहरूले सोधेका थिए। जबाफमा मोदीले त्यस विषयमा कुराकानी नभएको बताए। ुदुई प्रमुख नेताहरूबीचको छलफलमा व्यक्तिगत मामिलाहरू समावेश हुँदैनन्,ु मोदीले पत्रकारहरूलाई भने।

मोदीले अमेरिकामा अवैध रूपमा रहेका भारतीय आप्रवासीहरूलाई फिर्ता लिन आफू तयार रहेको पनि ट्रम्पसँग बताएका छन्। यद्यपि यसअघि डिपोर्ट भएका भारतीयहरूलाई अमानवीय ढंगले हातखुट्टा बाँधेर पठाइएकोबारे मोदीले प्रश्न गरेनन्।

ट्रम्पले भारत-मध्यपूर्व-युरोप आर्थिक करिडोर (आइएमइसी) मा लगानी गर्ने दुवै राष्ट्रप्रमुख सहमत भएको बताएका छन्। यो सबैभन्दा ठूलो व्यापारिक मार्गमध्येको हो। यो एक ठूलो विकास हो। यसमा धेरै पैसा खर्च हुनेछ र हामीले पहिले नै केही खर्च गरिसकेका छौं र धेरै खर्च गर्ने तयार छौं, ट्रम्पले भने।

आइएमसीबारे सन् २०२३ मा भारतमा भएको जी-२० सम्मेलनमा सम्झौता भएको थियो। यसमा दुईवटा करिडोर समावेश छन्। पूर्वी करिडोर भारतबाट खाडी मुलुक जोडिन्छ भने र उत्तर करिडोर खाडीबाट युरोप हुँदै अमेरिका पुग्छ।

भारतबाट इसराइल, इटाली हुँदै अमेरिका पुग्ने करिडोरले हाम्रा साझेदारहरूलाई जोड्ने छ। यसमा सडक, रेलमार्ग, पानीजहाज मार्ग समावेश हुनेछन्, ट्रम्पले भने। उक्त सम्झौतामा भारत, अमेरिका, साउदी अरब, संयुक्त अरब इमिरेट्स, युरोपेली युनियन, इटाली, फ्रान्स र जर्मनीले हस्ताक्षर गरेका छन्।

ह्वाइट हाउसको भेटमा चीन र भारतबीचको सीमा विवादबारे पनि ट्रम्पले चासो दिए। उनले आवश्यक परे आफू मध्यस्तकर्ताको भूमिका खेल्न तयार भारत र चीनबीच सीमानामा विवाद छ। त्यहाँ झडप पनि भए। आगामी दिनमा पनि नहोला भन्न सकिन्न। आवश्यक पर्छ भने समस्या समाधानका लागि अमेरिका मध्यस्तकर्ताको भूमिका खेल्न तयार छ, ट्रम्पले भने।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि आफ्नो घनिष्ट सम्बन्ध भएको बताए। चीन र भारत दुवै देशसँग आफ्नो सम्बन्ध राम्रो भएकाले दुई देशबीचको विवाद समाधान गर्न आफू मध्यस्तकर्ताको भूमिका खेल्न तयार भएको ट्रम्पले बताएका हुन्। मध्यस्तकर्ताको आवश्यकता छ भने म तयार छु, ट्रम्पले भने।

मोदीले रूस र युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले खेलेको भूमिकाको प्रशंसा गरे। उनले रूस र युक्रेन दुवै देशसँग भारतको राम्रो सम्बन्ध भएको बताउँदै त्यहाँ शान्ति स्थापना हुन जरूरी रहेको बताए।

सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको आतंकवादी आक्रमण घटनाको एक अभियुक्तलाई सुपुर्दुगी गर्न पनि ट्रम्प तयार भएको बताइएको छ।

मुम्बईमा भएको आतंकवादी हमलाको एक अभियुक्त तहववुर राना लस एन्जलसको जेलमा छन्। उनी पाकिस्तानी मूलका क्यानाडेली नागरिक रहेको पाकिस्तानी मूलकै अमेरिकन आतंककारीु डेभिड कोलम्यान हेडलीका निकट पात्र रहेको भनिएको छ।

कोलम्यान मुम्बईमा भएको आतंकवादी आक्रमणको मुख्य योजनाकारमध्येका एक रहेको भनिएको छ। अमेरिका एक हिंस्रक व्यक्तिलाई भारत फिर्ता पठाउँदैछ, ट्रम्पले ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने।

मोदीले आफ्नो देशमा भएको आतंकवादी हमलामा संलग्नलाई सुपुर्दुगी गर्ने निर्णयप्रति ट्रम्पलाई धन्यवाद दिए। मुम्बईको नरसंहार भएको घटनाको अभियुक्त भारतलाई दिने निर्णय भएकोमा राष्ट्रपतिप्रति आभारी छु। अभियुक्तबारे भारतको अदालतले उचित निर्णय गर्नेछ, मोदीले भने।

ट्रम्प र मोदी दुवैले आतंकवादविरूद्ध अमेरिका र भारत मिलेर अघि बढ्ने बताए। ट्रम्पले बाइडेन प्रशासन र भारतबीच राम्रो सम्बन्ध नरहेको पनि बताए ।

हामी भारतको मस्ट वान्टेड अपराधी उसैलाई दिँदैछौं। र अपराधविरूद्ध दुई देश मिलेर काम गर्नेछौं, ट्रम्पले भने। भारतको विदेश मन्त्रालयले यसअघि पनि तहवुर रानालाई सुपुर्दुगी गर्न अनुरोध गर्दै पत्राचार गरेको थियो। तहववुरले आफूलाई भारत सुपुर्दुगी नगर्न अदालतमा अपिल गरेका थिए। उनको अपिललाई जनावरी २१ मा अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएको थियो।

त्यसपछि उनलाई भारत ल्याउने बाटो खुलेको हिन्दुस्तान टाइम्सले जनाएको छ। ट्रम्पले उक्त प्रक्रिया तत्कालै सुरू हुने भनेका छन्।

सम्बन्धित समाचार

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा
प्रमुख समाचार

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

चर्चित खबरहरु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु