२०८३ भदौ १०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फागुनमा प्रदर्शन हुँदैछ यी फिल्म

गण्डकी प्रेस
माघ २७, २०८१ १८:११ मा प्रकाशित
समाचार, समाज, साहित्य/मनोरञ्जन
फागुनमा प्रदर्शन हुँदैछ यी फिल्म
17
SHARES
Share on FacebookShare on Twitter


पछिल्लो समय नेपाली फिल्मको प्रदर्शन संख्या बढिरहेको छ। यस वर्ष वैशाखदेखि नै फिल्म क्षेत्र चलायमान देखिएको छ। यद्यपि सधैँझै मंसिर र पुसमा फिल्म प्रदर्शन पनि कम मात्रै भयो। केही फिल्म प्रदर्शन भए तर दर्शकको मन जित्न सकेका छैन्। माघमा करिब आधा दर्जन फिल्म प्रदर्शन भए। केही अपेक्षा गरिएका फिल्म पनि हलमा टिक्न मुस्किल भयो। फागुनमा पनि चाडपर्वलक्षित दर्जनजति फिल्म प्रर्दशनको तयारीमा छ। सबैको कथावस्तु फरकफरक छ। हेरौँ कुनकुन फिल्म चल्दैछरु

रंगी : प्रणय दिवस अर्थात् भ्यालेनटाइन डेका अवसरमा फागुन २ मा फिल्म ‘रंगी’ प्रदर्शन हुँदैछ। फिल्ममा बाबुछोरीको प्रेम र संघर्षको कथा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा सलोन बस्नेत, नवनायिका नम्रता श्रेष्ठ र बालकलाकार आयुषी ढकाल छन्। फिल्ममा दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीलगायत कलाकारको अभिनय छ। फिल्म सुरेश न्यौपानेले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो।

सुमन गजमेरको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमानसिंह बस्नेतको प्रोडक्सनमा बनेको छ।

सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम छन्। फिल्मका प्रस्तुतकर्ता अभिनेता सलोन बस्नेत हुन्। यही फिल्मबाट बस्नेत फिल्म निर्माणतर्फ लागेका छन्।

दुखी आत्मा : फागुन २ मै दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुखी आत्मा’ प्रदर्शन हुँदैछ। फिल्ममा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन्। यौन मनोविज्ञानमा आधारित फिल्ममा अन्य कलाकार अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल, कवीर काफ्काललगायतको अभिनय छ।

फिल्म क्लक वर्क क्रियसनको ब्यानरमा बनेको फिल्ममा आलोक शुक्लाको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ। फिल्मका निर्माता हिमाल कडरिया निर्माता हुन्।

ताण्डवम् : फागुन ९ मा फिल्म ‘ताण्डवम्’ प्रदर्शको तयारीमा छ। पारिवारिक कथासहित एक्सन थ्रिलर जनरामा बनेको फिल्म क्लरिस्ट जुनिम गहतराजले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो। फिल्ममा सन्तान प्राप्तिपछि एक दम्पतीको जीवनमा आइपर्ने उतारचढाव प्रस्तुत गरिएको छ।

फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्। फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाललगायत कलाकारको अभिनय छ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्मातामा धनकुमारी गहतराज, सविना मगर र मनीष गौतम छन्। हरि घले लामाले छायांकन गरेको फिल्म सम्राट् बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउन्ड म्युजिक छ।

फेरि रेशम फिलिली : फागुन १४ अर्थात् महाशिवरात्रिका अवसरमा फिल्म ‘फेरि रेशम फिलिली’ प्रदर्शन हुँदैछ। यो चर्चित फिल्म ‘रेशम फिलिली’ को सिक्वेल हो। फिल्ममा अमेरिका जान एक युवाले गर्ने संघर्षको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।

फिल्म निरोज महर्जनले निर्देशन गरेका हुन्। निर्देशक महर्जनकै कथा रहेको फिल्ममा उनीसहित आकाश बरालको पटकथा लेखन छ। फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रवीन्द्र झा, शिशिर बाङ्देल, महेश त्रिपाठी, मेक्सम गौडेललगायत कलाकारको अभिनय छ।

सुसन प्रजापतिले छायांकन गरेको फिल्म नरेशकिङ योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन छ। सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता रौनक विक्रम कडेल हुन्।

लाज शरणम् : कुमार कट्टेल ‘जिग्री’को डेब्यु निर्देशनमा बनेको फिल्म ‘लाज शरणम्’ पनि फागुन १४ मै प्रदर्शन गर्ने टिमको तयारी छ। फिल्म कमेडी जनरामा बनेको छ। ‘सक्किगोनी’ टिमले निर्माण गरेको फिल्ममा अधिकांश कलाकार सिरियलकै छन्। सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, सागर लम्साल, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, कमलमणि नेपाल, महेश त्रिपाठीलगायतको अभिनय छ। जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन्।

मायावी : दीपिका प्रसाईं र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘मायावी’ फागुन १४ मै प्रदर्शन गर्ने भनिएको छ। फिल्मका निर्देशक दिवाकर भट्टराई हुन्। प्रेमकथामा आधारित फिल्ममा अन्य कलाकारमा समीम खान, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौड्याललगायतको अभिनय छ।

फिल्ममा पल र दीपिकाको साथा सुशील सिटौला, करिश्मा श्रेष्ठ र नवकलाकार समीम खानको अभिनय छ। साथमा फिल्ममा राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ। यो फिल्मको कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन्।

फिल्ममा मिलन श्रेष्ठको सम्पादन, वसन्त अधिकारीको सहनिर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी छ। राकेश दाहालले पोस्टरको डिजाइन गरेका हुन्। विकास खतिवडाले पोस्टरका लागि फोटोसुट गरेका हुन्। फिल्म ‘मायावी’ले प्रेम, बिछोड र मित्रताको कथा भन्छ। सांगीतिक प्रेमकथामा आधारित फिल्मलाई वर्षकै प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ।

होस्टेल ३ : फगुन २३ मा हिट फिल्म ‘होस्टेल’को तेस्रो सिक्वेल प्रदर्शनको तयारीमा छ। सशान कंडेल निर्देशित फिल्ममा नयाँ कलाकार पारसबम ठकुरी, रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हाना नगरकोटी लगायतको अभिनय छ।

फिल्ममा युवापुस्ताको क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइला क्षणहरूको कथा देखाइएको छ। निर्देशक कँडेलकै कथा रहेको फिल्ममा माधव शर्माले पटकथा लेखेका हुन्। फिल्मको निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

आउट ल : दफा २१९ : त्यस्तै फागुन २९ अर्थात् फागू पूर्णिमाको अवसरमा एक्सन फिल्म ‘आउट लः दफा २१९’ हुँदैछ। फिल्मका निर्देशम बिक्की महर्जन हुन्। सुशील श्रेष्ठ मुख्य भूमिकामा रहेको फिल्ममा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारीलगायत कलाकारको अभिनय छ। फिल्ममा नवीन गुरुङको छायांकन, साहिल खानको सम्पादन, चुल्ठे काजीको द्वन्द्व निर्देशन छ।

स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा बनेको फिल्म अमित अग्रहरिको निर्माण गरेका हुन्।

अञ्जिला : महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापोको जीवनकथामा आधारित फिल्म ‘अञ्जिला’ पनि फागुन २९ मै प्रदर्शन हुनेछ। फिल्म मिन भामले निर्देशन गरेका हुन्। फिल्ममा एञ्जिलासहित दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धी तामाङ, सुनिल थापालगायत कलाकारको अभिनय छ। सुदीप बरालले छायांकन गरेका फिल्म मिलन श्रेष्ठको सम्पादनमा बनेको छ। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्।

सम्बन्धित समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी
प्रमुख समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ
प्रमुख समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ