हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित कैलाश गाउँपालिका-२ डाडाँखर्क बस्ने ३४ वर्षीय रावाल स्याङ्ग्बोलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको बा.७ च २५१० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी ढालाभित्र खाली क्रेटले छोपी लुकाई छिपाई प्लाष्टिकमा प्याक गरी ल्याएको १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रावाललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-