कास्की, २८ जेठ
नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै नगद १ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका ५ पर्स्याङ बस्ने २७ वर्षीय घर्मराज थापालाई प्रहरीले पक्राउ गरेको छ ।
थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको संचालक बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भनी बाग्लुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराईदिन्छु भनि झुठ्ठा आश्वासन दिलाई पटक पटक गरी उक्त रकम ठगी गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले थापालाई पोखरा महानगरपालिका ५ जिरोबाट पक्राउ गरेको हो ।
उनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनमुति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८




























प्रतिक्रिया लेख्नुहोस्:-