२०८३ कार्तिक ९, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा स्पोर्टस् अवार्डमा विदेशबाट ३ लाख बढी सहयोग प्राप्त

गण्डकी प्रेस
जेष्ठ ३, २०८१ २१:५८ मा प्रकाशित
खेलकुद, समाचार, समाज
पोखरा स्पोर्टस् अवार्डमा विदेशबाट ३ लाख बढी सहयोग प्राप्त
13
SHARES
Share on FacebookShare on Twitter


जेठ ३ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अन्तराष्ट्रिय क्षेत्रबाट आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ ।

मञ्चले सहारा क्ल्वका मानार्थ सदस्यद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ कर्मथलो यू.के. प्रस्थान गर्न लागेको अवसर पारेर बिहीबार आयोजित कार्यक्रमा धन्यवादसहित आभार व्यक्त गरेको हो ।

यही वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा विदेशस्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो ।

कार्यक्रममा बोल्दै सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङले मञ्चले खेलकुदको क्षेत्रमा खेलेको महत्वपूर्ण योगदान रहेको बताए । उनले मञ्चसंगको सहकार्यमा आदानप्रदान भइरहेको भन्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । उनले पोखरामा एउटा ब्राण्डको रुपमा स्थापित भइसकेको अवार्डलाई आगामी दिनमा सबैको अपनत्व हुने गरि सञ्चालन गर्न सुझाव दिए ।

सहारा क्लव पोखराका मानार्थ सदस्य लोकबहादुर गुरुङले अवार्ड एउटा स्तरिय बन्न सकेको भन्दै यसलाई निरन्तर सञ्चालन हुनेगरि स्रोत सुनिश्चित हुने किसिमले अगाडी बढ्न आग्रह गरे ।

सहारा क्लव यू.के.का सल्लाहकार भोजबहादुर गुरुङले मञ्चले छोटो समयको तयारीका विचमा स्तरीय कार्यक्रम सञ्चालन गर्न सफल भएको बताए । उनले आगामी दिनमा सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा पूर्व राष्ट्रिय फुटबल खेलाडी रुपक गुरुङले अवार्ड कार्यक्रमले खेलाडी र खेल क्षेत्रमा लाग्नेहरुका लागि हौषला थप्न सफल भएको बताए । उनले यो अवार्ड प्रदेशले गौरव गर्न लायक कार्यक्रम भएको भन्दै सबैलाई सहयोगको लागि आह्वान गरे ।

मञ्चलाई सहारा क्लव यू.के.,को तर्फबाट अध्यक्ष, कृष्णबहादुर गुरुङ, संस्थापक अध्यक्ष नविन गुरुङ, पूर्व अध्यक्ष दीलिप गुरुङ, मीनबहादुर गुरुङ, कुमार गुरुङ, निवर्तमान अध्यक्ष ले. कुशाङ गुरुङ, उपाध्यक्ष शारदा गुरुङ, सचिव मञ्जु गुरुङ, सल्लाहकार हरि श्रेष्ठ, शेरा गुरुङ , नरजंग गुरुङ, भोज गुरुङ, डा. चन्द्र गुरुङ लगायतले सहयोग गरेका थिए ।

यस्तै मञ्चलाई सहारा क्लव पोखराका मानार्थ सदस्यद्वय महेश गुरुङ, लोकबहादुर गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा रामबजार सोसाइटी यू.के.का संस्थापक रुपक गुरुङ, एनआरएनए यू.के.का पूर्व अध्यक्ष सूर्य गुरुङ, गोरखा मिडिया प्रमुख मिलन तमु, बगर भाइखलक यू.के.का अध्यक्ष दिलरास गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सहारा क्लव हङकङ, तमुधि. यू.के. प्रतिनीधि मेजर लक्ष्मी गुरुङ, पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान मञ्जु गुरुङ, एशियन पदक विजेता तेक्वान्दो खेलाडी सपना मल्ला (अमेरिका)बाट सहयोग प्राप्त भएको अन्तराष्ट्रिय समन्वय उपसमिति संयोजक केशव पाठकले जानकारी दिए ।

अन्तराष्ट्रिय समन्वय उपसमिति संयोजक केशव पाठक र सुर्दशन रञ्जितको सहजीकरण र यू.के.सहित हङकङ, अमेरिका लगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोगप्रति मञ्चका अध्यक्ष दीननाथ बरालले आभार व्यक्त गरे ।

कार्यक्रममा सहयोगीहरुलाई प्रशंसा पत्र मञ्चका अध्यक्ष दीननाथ बराल, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, उपसमिति सह–संयोजक सुर्दशन श्रेष्ठ लगायतले हस्तान्त्रण गरेका थिए ।

 

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना