पाेखरा । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ ।
उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी मित्र बन्धु शर्माका अनुसार रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी थिइन् । उनको शरिरमा बाहिरी चाेट भने देखिएको छैन ।
उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको उनलेे बताए ।
युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेको भनिएका दुई युवकको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको एसपी शर्माले बताए ।



























प्रतिक्रिया लेख्नुहोस्:-