कास्की,पोखरा महानगरपालिका-१८ चिसाखोलास्थित सडकमा ग.३ च २६०३ नम्बरको बोलेरो अनियन्त्रित भई बुधबार बिहान दुर्घटनामा हुँदा चालक सोही महानगरपालिका-१८ ग्यारजाती बस्ने ४९ वर्षीय कृष्ण बहादुर थापाकोमृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बझाङ, केदारस्युँ गाउँपालिका-४ तल्लो बजारस्थित सडकमा सु.प.प्र.०१००१ ज १३१६ नम्बरको जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६४ वर्षीया महेश्वरी देबी मल्लको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-