२०८३ असार १८, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

गण्डकी प्रेस
मंसिर २३, २०८० १८:४३ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
13
SHARES
Share on FacebookShare on Twitter

दाङ, मकवानपुर, कैलाली, सुर्खेत र मोरङका विभिन्न ठाउँमा गरेर लागूऔषधसहित १२ जना पक्राउ परेकाे प्रहरी प्रधान कार्यालयले जानकारी दिएकाे छ ।

दाङ, घोराही उमहानगरपालिका-१८ रजेनाबाट अवैध लागूऔषध चरेस ५ किलोसहित रुकुमपूर्व पुथागंगा गाउँपालिका-१ बस्ने २८ वर्षीय ललित पुन र ३७ वर्षीय हेमराज पुनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूले लागूऔषध चरेसको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई कारोबार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-१ बस्ने १९ वर्षीय नबिन स्याङतान र १९ वर्षीय सुजित स्याङतान रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २८ ट्याब्लेटसहित बाजुरा त्रिवेणी नगरपालिका-२ घर भई कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शेखर शाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला कार्यालय कैलालीबाट खटिएको प्रहरीले प्रदेश नम्बर ३-०२ प ३३६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ ग्राम ८ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय अमृत दमाईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रदेश व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित मोटरसाइकल ग्यारेजमा बसिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

मोरङ, मिक्लाजुङ गाउँपालिका-९ बस्ने ३० वर्षीय सरोज मण्डल र उर्लाबारी नगरपालिका-५ बस्ने २४ वर्षीय रमेश सिंह लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट आउँदै गरेको प्र.१-०२-०४० प ६३३९ नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । यसैगरी विराटनगर महानगरपालिका-९ बस्ने ३३ वर्षीय जिबन तामाङ र संखुवासभा खाँदबारी नगरपालिका-७ बस्ने २८ वर्षीय हिरालाल बिश्वकर्मालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट  आउँदै गरेको प्र.१-०२-०४४ प ९४५ नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-१६ दरैयामा दुवै मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एभिल १० एम्पुल, डाइजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र लुपिजेसिक १० एम्पुलसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी इटहरी उपमहानगपालिका-१९ बस्ने ३१ वर्षीय अनिल कार्की र सोही उपमहानगपरालिका-२ बस्ने ३२ वर्षीय   सुनिल मगर रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२० प  १२६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार

रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव