२०८३ असार २०, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

११ औं ओभरको बलले फेरिएको खेल

जब समूह चरणमा पुलिसले अन्तिम खेल खेल्दै थियो त्यही बेला मधेशका खेलाडी अनिल साह र टिम म्यानेजर घर फर्किन टिकट काटी सकेका थिए ।

गण्डकी प्रेस
मंसिर १६, २०८० ११:०४ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
११ औं ओभरको बलले फेरिएको खेल
11
SHARES
Share on FacebookShare on Twitter

पोखरामा शुक्रबार केपी ओली कप टि २० क्रिकेट प्रतियोगिताको फाइलन खेल चलिरहेको थियो । समुह चरणबाटै अपराजित रहेको आर्मीले समुह चरणमा चिठ्ठा परेर आए झै भएको मधेश प्रदेशको सामना गर्दै थियो ।

मधेशले पहिलो खेलमै पुलिस सँग हार व्यहोर्दै अन्तिम चारको यात्रा टुंग्याउने स्थितिमा सुदुरपश्चिमले पुलिसलाई हराउँदा सेमिफाइनलमा प्रवेश गरेको थियो । मधेशले सुदुरलाई भने हराएको थियो । जब समूह चरणमा पुलिसले अन्तिम खेल खेल्दै थियो त्यही बेला मधेशका खेलाडी अनिल साह र टिम म्यानेजर घर फर्किन टिकट काटी सकेका थिए । अन्य खेलाडी पनि जाने तरखरमै थिए । होटलमा प्याकिङ गरिसकेका थिए खेलाडी टिकट काटेर जाने तरखरमै रहेको बेला सुदुरले पुलिसलाई हरायो । जुन मधेशका लागि अपत्यारिलो क्षण थियो ।

तस्विर वसन्त शेर्पा

घर हिडिसकेको मधेस फर्किएर आयो र लग्यो पाचँ लाख रुपैयाँ सहित उपाधी ।
मधेशले सेमिफाइनलमा समेत अप्रत्यासित प्रदर्शनी गर्दै फाइनलको यात्रा तय गरेको थियो । १० राष्ट्रिय खेलाडी सम्मिलित बलियो आर्मी विरुद्ध ३ राष्ट्रिय खेलाडी सम्मिलित मधेशले सामना गर्‍यो । अधिकांस स्थानिय खेलाडी रहेको मधेस सामु आर्मीलाई रन बनाउन निकै मुस्किल भयो ।

टस जितेर मधेशले पहिला ब्याटिङ गर्दै आर्मीलाई १३६ रनको विजयी लक्ष्य दिएको थियो । मध्यम लक्ष्य पाएपछि जवाफी ब्याटिङमा उत्रिएको आर्मीले सामान्य सुरुवात गर्‍यो । पावर प्ले सकिदासम्म आर्मी ३४ रनमा १ विकेट गुमाएको स्थितिमा थियो । १० औं ओभरको खेल सकिदासम्म आर्मी ५७ रनमा २ विकेट गुमाएको स्थितिमा थियो । त्यो आर्मीका लागि सामान्य जस्तै थियो । तर ११ औं ओभरको खेल भने आर्मीका लागि निकै दुर्भाग्यपूर्ण बन्यो । मधेसले खेललाई पुर्ण आफ्नो हातमा लिएको थियो । गुड प्लेसमा बलिङ अनि बोर्डमा धेरै भन्दा धेरै रन बनाउने लक्ष्यमा रहेको मधेसले अन्ततः राष्ट्रिय खेलाडिले भरिएका ३ विभागीय टोलि पुलिस, एपिएफ र आर्मीलाई हराउदै ऎतिहासिक जित निकाल्यो ।

तस्विर वसन्त शेर्पा

घरेलु क्रीकेटमा यी नै ३ विभागको दबदबालाई घर फर्किएको मधेसले तोडिदियो ।
र यो तोडिनुमा फाइनल खेलको त्यो ११ औं ओभरको खेल थियो । मधेशका कप्तान हरिशंकर शाहले प्रहार गरेको त्यो ११ औं ओभरको उत्कृष्ट बलिङले ३ विकेट झार्यो । जुन आर्मीका लागि सपना जस्तै भयो र अपराजित आर्मीको यात्रामा संकट लाग्यो र अन्ततः मधेश सँग ११ रनको हार व्यहोर्न बाध्य भयो । १० ओभरको खेल सकिदाँ ५७र२ बाट ११ ओभरको समाप्ती हुँदा आर्मी ५८र५ मा पुग्यो । मधेशका कप्तान हरिशंकर शाहले प्रहार गरेको त्यो ओभरको पहिलो बलमा आर्मीका कप्तान विनोद एलबी डब्लु आउट हुन पुगे । जुन आर्मीका लागि तेस्रो झट्का थियो । लगत्तै तेस्रो बलमा बसिर पनि एलबी डब्लु हुन पुगे । सोही ओभरको पाँचौ बलमा आर्मीको हिटर कुशल मल्ल पनि शुन्यमै पेभिलियन फर्किए । त्यसअघि आर्मीले पहिलो विकेटको रुपमा ओपनर सन्तोष कार्कीलाई पाँचौ ओभरको चौथो बलमा गुमाएको थियो । पवन सर्राफको बलमा कार्की १६ रनमा एलबी डब्लु हुन पुगेका थिए । ८ औं ओभरको तेस्रो बलमा रोहित पौडेल ५ रनमा क्याच आउट भए । प्रतिक यादवको बलमा पौडेल मायान यादवबाट क्याच आउट भए । १३ औ ओभरको पाँचौ बलमा राजेश पुलामी ३ रनमा क्याच आउट भए । हरिशंकरको बलमा उनी पवन सर्राफबाट क्याच आउट भए ।

तस्विर वसन्त शेर्पा

मधेशका लागि हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । प्रदिप पासवानले २ तथा प्रतिक यादवले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । मधेशको सुरुवात भने सुखद् रह्यो । पहिलो ओभरमै ११ रन बटुलेको मधेशले पहिलो विकेटको रुपमा अनिल शाहलाई गुमायो । सोमपाल कामीले प्रहार गरेको दोस्रो ओभरको चौथो बलमा अनिल क्याच आउट हुन पुगेका थिए । छैटौं ओभरको चौथो बलमा कप्तान हरिशंकर २७ रनमा आउट भए । विवेक यादवको बलमा राजेश मगरबाट क्याच आउट भए । लगत्तै सातौं ओभरको दोस्रो बलमा इमरान शेख स्टम्प्ट आउट भए । रन लिने क्रममा अघि बढ्दा उनी ८ रनमा आउट भए । सहाब आलमको बलमा स्टम्प्ट भए ।

नवौं ओभरको पाँचौ बलमा मायान यादव ३ रनमा बोल्ड भए । सहावको बलमा उनी बोल्ड भएका हुन् । ११ औं ओभरको तेस्रो बलमा पवन सर्राफ ९ रनमा सहाबकै बलमा बोल्ड भए । १४ औं ओभरको छैटौं बलमा हिमांसु दत्त १४ रनमा बोल्ड भए । वसिर अहमदको बलमा उनी बोल्ड भए । १८ औं ओभरको पहिलो बलमा विशाल सुस्लिङ यादवको बलमा भीमसार्कीबाट १० रनमा क्याच आउट भए । लगत्तै रुपेश सिंह डक आउट भए ।

आर्मीका लागि विवेक यादव र सहाव आलमले सर्वाधिक ३र३ विकेट लिए । सोमपाल कामी र वसिर अहमदले १र१ विकेट लिए ।
हरिशंकर सर्वोत्कृष्ट, सन्दिप उत्कृष्ट बलर
प्रतियोगिताको फाइनल खेलमा आर्मीलाई हराउन महत्वपुर्ण भूमिका खेलेका मधेशका कप्तान हरिशंकर शाह प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले फाइनलमा ४ विकेट लिए । उनले नगद ३५ हजार हात पारे ।
उत्कृष्ट बलर बागमतीका कप्तान सन्दिप लामिछाने घोषित भए । उनले ३ खेलमा १० विकेट लिए । यस्तै उत्कृष्ट ब्याटर बागमतीकै रित गौतम घोषित भए । गौतमले प्रतियोगिताभर १७० रन बताएका थिए । गौतम र लामिछानेले २०/२० हजार प्राप्त गरे ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसनमा एजुकेसन सेमिनार पुस २३ गते

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसनमा एजुकेसन सेमिनार पुस २३ गते

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

Models of Constitution Making with Reference to Nepal

Good Governance in Nepal: Legal Provisions and Judicial Praxis