बेरुत । दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मंगलबार बिहान दुईजना पत्रकार र एकजना नागरिकको मृत्यु भएको छ ।
स्थानीय टिभी च्यानल अल(मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका क्रममा रहेका बेला दुईवटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएको एलनाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ ।
नेशनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एकजना नागरिक पनि मारिएको बताएको छ । सिन्ह्वा





























प्रतिक्रिया लेख्नुहोस्:-