पाेखरा । सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले डब्लूटीओले नेपालकाे स्वास्थ्य क्षेत्रमा उल्लेखनिय भुमिका रहेको बताएको छिन् ।
डब्लूटीओले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकाे स्वास्थ्य तर्फमा बनाएको बैठक हलकाे हस्तान्तरण समारोहलाई सम्बाेधन गर्दै सहयोगकाे लागि धन्यवाद दिइन् ।
आगामी दिनमा आगामी दिनमा पनि सहकार्य गरेर अघि बढने बाँचा गरिन् । गण्डकी प्रदेशमा जनशक्तिको, प्रविधि, भाैतिक संरचनाकाे अभाव भैरहेको गुनासो गरिन् ।
डब्लूटीओले ४० कुर्सी, ४ वटा स्पिकर, अनलाइन बैठकमा प्रयोग हुने क्यामेरा १ थान, माईक १६ थान, कम्युटर १ थान र टिभी ३ थान लगायतका सामान जडान गरेर बैठक काेठा मर्मत गरेको छ ।
नेपालका लागि डब्लूटीओका प्रतिनिधी राजेश ताम्राजि रावल पाण्डवले आगामी दिनमा पनि सहयोग निरन्तरता गर्ने बताए ।
उनले पाेलियाे थाेपाकाे याेजना देखि विभिन्न चरणमा डब्लूटीओले नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनाेद बिन्दु शर्माले आगामी दिनमा पनि सहयोगकाे अपक्षा गर्दै यसबाट कर्मचारीलाई काम गर्न हाैसला मिल्ने बताए ।






























प्रतिक्रिया लेख्नुहोस्:-