काठमाडौं । सुर्खेत, गुर्भाकोट नगरपालिका-८ घारी मेहलकुना बस्ने २८ वर्षीय खगेन्द्र खड्काको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका मेहलकुना बजारस्थित विद्युतको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूकुम (पूर्व), सिस्ने गाउँपालिका-८ खैवाङ बस्ने २३ वर्षीया प्रतिक्षा पुनको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर सरसफाई गरी पोत्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सल्ले रूकुम(पश्चिम)मा उपचारको क्रममा मृत्यु भएको हो ।
तेह्रथुम, म्याङलुङ नगरपालिका-३ नागदह बस्ने ८५ वर्षीया बाटुला देबी रसायलीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-