२०८३ कार्तिक १३, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘कञ्चन पत्रकारिता पुरस्कार’ हुम तमु र सुन्दर थकालीलाई अर्पण

स्वतन्त्रताको नाममा अराजक हुनुहुँदैनः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रेस
साउन २७, २०८० २०:२३ मा प्रकाशित
समाचार, समाज
‘कञ्चन पत्रकारिता पुरस्कार’ हुम तमु र सुन्दर थकालीलाई अर्पण
10
SHARES
Share on FacebookShare on Twitter


पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) पुरस्कृत भएका छन् ।

फोनिजको २४ औं स्थापना दिवसको अवसरमा आज (शनिबार) पत्रकार द्वयलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार अर्पण गरे ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न स्वयम् पत्रकार नै जिम्मेवार हुनुपर्ने धारणा राखे ।
उनले पत्रकरिता आफ्नै लयमा बनगेको मुख्यमन्त्री पाण्डेले बताए । ‘आज पत्रकरिताको लय बिग्रेको छ । एउटा टिभी र अर्काे टिभीमा समाचार हेर्दा फरक फरक सन्देश र सूचना जाने देखिन्छ । यसले समाजलाई दिग्भ्रमित गरेको छ । त्यसैले नियमन हुन आवश्यक छ । र पत्रकार आफै पनि जिम्मेवार र गम्भीर हुनुपर्छ ।’

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको आमसञ्चार विधेयक ल्याउने तयारी रहेको बताए । उनले यही आर्थिक वर्षमा सञ्चार विधेयक दर्ता गर्ने तयारी भएको बताउदै भने, ‘मलाई कसैलाई नियमन गर्नु छैन त्यसैले पत्रकार साथीहरुको केही कुरा छलफलबाट पारित भएपछि अगाडी बढ्छ । मेरो एउटै मात्र धेय छ स्वतन्त्रताको नाममा अराजक हुनुभएन ।’

उनले पछिल्लो समय स्वतन्त्रतको नाममा सामाजिक सञ्जालमा अराजकता फैलिएको टिप्पणी गरे । ‘सोसल मिडिया स्वतन्त्रताको नाममा अहिले अराजक भएको छ, मुख्यमन्त्री पाण्डेले भने, ‘यसले पत्रकारिता स्वनियमन हुनुपर्ने हो तर त्यो भएको देखिएन ।’

उनले व्यक्तिको गुण वा दोषको आधारमा एकतर्फी समाचार संप्रेषण गरेको न्यायोचित नहुने धारणा राखे । ‘समाचार संप्रेषण गर्दा सबै पत्रकार गलत छैनन्, सबै पत्रकार सही छैनन् भन्ने बुझे जस्तै सबै राजनीतिज्ञ गलत छैनन् भन्ने पनि हेक्का राख्नुपर्छ ।’ उनले भने ।
यस्तै पुरस्कृत व्यक्ति हुम बहादुर गुरुङले आवश्यकता महसुस भएर पत्रकारितामा लागेको बताए ।

उनले नेपाल विविधतायुक्त देशमा सम्पूर्ण समुदायको पहुँच स्थापना नभएको कारण सक्रिय पत्रकारितामा लागेको बताउदै पत्रकारिता भित्रै पनि असमानता रहेको धारणा राखे । ‘मैले देशमा सबै समुदायको पहुँच समान नदेखेका कारण पत्रकारितामा लागेको हो । तर पत्रकारिता भित्रै पनि असमानता देखिएको छ । जुन राम्रो कुरा होइन,’ गुरुङले भने ।
गुरुङले प्राप्त गरेको कञ्चन पत्रकारिता पुरस्कार अहिलेसम्मकै महत्वपूर्ण पुरस्कार रहेको बताए । ‘आज मलाई दिनुभएको यो पुरस्कार हेभी छ, उनले भने, ‘यसले मलाई पत्रकारितामा थप सत्रिय हुन हौसला दिएको छ । त्यसैले म आजिवन सत्रिय पत्रकारिता गरिरहनेछु ।’
उनले फरक प्रसंगमा बोल्दै पत्रकारितालाई स्वच्छ बनाउनका लागि राजनीतिक पार्टी निकट हुनु नहुने धारणा राखेका थिए ।
यसैगरी पुरस्कृत सुन्दर कुमार थकालीले आफुलाई पुरस्कृत गरेको भन्दै पत्रकारितामा थप उत्साह मिलेको बताए ।

‘यो पुरस्कारको महत्व बुझेर नै मलाई प्रदान गर्नुभएको छ । मलाई यो निकै भारी र गहु्रंगो भएको छ, उनले भने, पत्रकारिताका मेरो यो चौथो पुरस्कार हो । सबैभन्दा बढी महत्वपूर्ण मैले यो पत्रकारिता पुरस्कारलाई लिएको छु । यसले मलाई थप हौसला मिलेको छ ।’
गण्डकी प्रदेशको शिरमा रहेको जिल्लामा पत्रकारिता गर्न सहज नरहेको उनले सुनाए । ‘मुस्ताङमा पत्रकारिता गर्न चुनौती नै छ । मैले विगत १० वर्षदेखि पत्रकारिता गर्दै आएको छु । धार्मिक क्षेत्र भएकाले बाहिर ल्याउनुपर्ने इस्युहरुलाई माथि ल्याउन नसक्ने अवस्था छ । किनभने सानो क्षेत्र र सिमित पत्रकार भएकाले पनि निकै जोखिम छ,’ उनले भने ।
पुरस्कृत हुम बहादुर तमु पोखराबाट प्रकाशित हुने कास्की आवाज दैनिकका प्रधानसम्पादक हुन् भने थकाली अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र समाधान दैनिकका लागि मुस्ताङका संवाददाता हुन् ।

फोनिज गण्डकीका महासचिव धन बहादुर गुरुङका अनुसार पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । ५ लाख रुपैयाँदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले हरेक वर्ष १ लाख थप गर्दै आएका छन् । यस वर्षपनि १ लाख थप गर्ने घोषणा गरेका छन् । हाल अक्षयकोषमा ९ लाख रुपैयाँ रहेको छ ।

यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष प्रदान गरिँदै आइएको छ । सो पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ पुरस्कृत भइसकेका छन् ।

 

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै