लमजुङ । मर्स्याङदी गाउँपालिका ९ डेरा गरी बस्ने सोही गाउँपालिका ३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा ९कौडा० खेलिरहेको अवस्थामा सोही गाउँपालिका(३ बस्ने ३६ वर्षीय मिनराज तामाङ समेत २२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-