पोखरा । चालु आर्थिक वर्षमा बजेट थोरै आएको गुनासो आएको छ । तर गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मन्त्रालय अन्तरगर्तको कार्यालय र संस्थाका वार्षीक समिक्षा कार्यक्रमलाइ सम्बोधन गदै मन्त्री सुशिला सिंखडाले बजेट थोरै भएर कुनैपनि संस्था आत्तिनु नपर्ने बताइन ।
उनले बजेट धेरै माग्ने तर काम थोरै गर्ने समस्या रहेको धारणा राख्दै पहिला भएको बजेट समयमा नै सक्ने गरेर काम गर्ने निर्देशन दिइन ।
‘बजेट थोरै भएर आत्तिनु पर्दैन ढुक्क भएर काम गर्नु,‘मन्त्री सिंखडाले भनिन्,‘कहाँबाट कसरी मागेर ल्याएर दिनुपर्छ बजेट ल्याएर म तपाइहरुलाइ दिन्छु ।’ कुनैपनि सार्वजानिक पदमा रहेको व्यक्तिले राजनैतिक गर्न नहुने बताइन ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय समिक्षा कार्यक्रमलाइ सम्बोधन गदै मन्त्री सिंखडा सामाजिक क्षेत्रमा काम गर्नेले राजनिती धेरै गरेको गुनासो आएको बताइन ।
‘विभिन्न संस्थामा बसेर राजनिती राजनैतिक गर्ने भए राजिनामा दिएर बाटो खाली गर्नुस,‘मन्त्री सिंखडाले भनिन,’ सबैले आफ्नो जिम्मेवारी पुरा गरेमा कुनैपनि समस्या नआउने, राजनिति गरेर संस्था नचल्ने उनको भनाइ छ ।
उक्त कार्यक्रममा विभिन्न जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र सामाजिक संस्थाका प्रमुखले संस्थाको तर्फबाट बार्षिक प्रगति विवरण, समस्या सुनाएका थिए ।































प्रतिक्रिया लेख्नुहोस्:-