त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरबाट बरामद भएको तस्करीको सुन परिणाम जोख्न राष्ट्र बैंकको टक्सार विभाग ल्याइएको छ । राजस्व अनुसन्धान विभागले बुधबार सो सुन बरामद गरेको थियो ।
सुन एक क्वीन्टल भएको अनुमान छ । कति हो भन्ने जोखेपछि पुष्टि हुनेछ । सुनको शुद्धतासमेत जाँच गरिने छ ।
यो प्रकरणमा भारतीय नागरिकसहित ४ जना पक्राउ परेका छन् । हङकङबाट प्यासेफिक क्याथे विमानबाट कार्गो भएर सो सुन आएको हो ।

























प्रतिक्रिया लेख्नुहोस्:-