२०८३ असार २४, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पुन समाजको १७ औं राष्ट्रिय सम्मेलन सम्पन्न हाम्रो अधिकार कटौती स्वीकार्य छैन्  ः पुन समाज

गण्डकी प्रेस
असार ९, २०८० १८:४४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
पुन समाजको १७ औं राष्ट्रिय सम्मेलन सम्पन्न हाम्रो अधिकार कटौती स्वीकार्य छैन्  ः पुन समाज
35
SHARES
Share on FacebookShare on Twitter

पाेखरा । पुन समाजको १७ औं राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । पोखरा १० रामघाटस्थित पुन समाजको सभाहलमा एक भव्य समारोहका बीचमा उक्त राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

राष्ट्रिय सम्मेलनमा वक्ताहरुले पुनहरुको अधिकार कटौती गर्ने आफुहरुलाई स्विकार्य नभएको बताए । उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले काठमाडौंको एक कार्यक्रममा मगरजाती भएकै कारण मन्त्री बनाएको भन्ने अभिव्यक्तिको विरोध गर्दै एक जाती भएकै कारण त्यसो भन्नु गलत भएको बताए ।

उनीहरुले पुन समाजलाई समेत जातीय सूचीमा राखेकोमा खुसी व्यक्त गरेका छन् । राष्ट्रिय सम्मेलनको उद्घाटनपश्चात बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य खम बहादुर गबुर्जा पुनले प्रधानमन्त्रीले संविधानविरुद्ध बोल्ने अधिकार नभएको र आफुले संसदमा उक्त कुरा जोडदार तरिकाले उठाउने बताए ।

आफु सत्तापक्षकै सांसद भएपनि आफ्नो समाजको विषयमा र अधिकार खोज्ने विषयमा पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे । ‘म पनि सत्तापक्षकै सांसद हुँ । तर जसले जे गरेपनि त्यो हेरेर बस्न सकिदैन । प्रधानमन्त्री ज्युले संविधानविरुद्ध बोल्ने अधिकार छैन ।

जनताको आवाज बोल्ने ठाउँ प्रतिनिधि सभामा हो त्यहाँ मैले जोडतोडले आवाज उठाउनेछु त्यसमा तपाईँहरु ढुक्क हुनुस’ उनले भने । यस्तै राष्ट्रि तथ्यांक विभागले पुनका लागि निकै राम्रो कदम चालेको र त्यो कदम प्रसंशनीय योग्य रहेको उनको भनाई छ । संविधानमै टेकेर तथ्यांक निकाल्दै पुन समाजलाई समेत आदिवासी जनजाती बनाउनु खुसीको कुरा रहेको सुनाए ।

राष्ट्रिय आदिवासी जनजाती महासंघ केन्द्रिय अध्यक्ष चन्द्रसिंह गुरुङले समास्या र सवाल बोकेका जाती एक भएर अघि बढिरहेको बताए । उनले हिमाल पहाड र तराईका धेरै समाज विशेषगरी आफ्नो पहिचान नभएका कारण उनले सुनाए । आफुहरुले राज्यमा अधिकार नपाएको र राज्यसत्तामा पहुँच नपुगेको उनको भनाई थियो ।

राज्यसत्तामा पहुँच पु¥याउनका लागि एक भएर अघि बढिरहेको र तथ्यांकमा केही कुरा छुटपुट भएतापनि वर्षौ लगाएर तथ्यांक निकालेको कुरा सकरात्मक लिएको बताए । केही समाजको विरोध र राज्यपक्षबाटै तोडमोड गर्ने खेल गरेको कारण राज्यपक्षसँग प्रश्न गर्नुपर्ने उनको भनाइ छ ।

सामन्तवादी सोँच भएका व्यक्ति अहिलेको राज्यसत्तामा रहेको उनले आरोप लगाए । आजको राज्यसत्ता आदिवासी जनजातीकै योगदानका कारण आएको उनले बताए । पहिचानको खोजी गर्दा आफुहरुले कसैको विरोध नगरेको खाली आफ्नो अधिकार मात्रै मागेको धारणा व्यक्त गरे ।

समानताको हक दिएको र सोही अधिकार मात्र खोजेको उनले बताए । ‘हामीले समानताको अधिकार मात्र खोजेका हौं । हामीले कसैको विरोध गरेका छैनौं’ उनले भने, ‘अहिलेको तथ्यांकमाथि कुनै तलमाथि भयो भने हामी सहेर बस्नेवाला छैनौं ।’ पुन समाजका निवर्तमान अध्यक्ष प्रताप पुर्जा पुनले आफुले पहिला नै उठाएको पुनको अधिकारको कुरा अहिले मिडिया र बजारमा चर्चा भएको बताए । उनले हाल पुनको अधिकार कटौती गर्ने काम भइराखेको र यो काम रोकिनुपर्नेमा जोड दिए ।

उनले पुनहरु कोहि नभएको र चार पाँच जना पुनले उक्सुकाएको भन्ने खालको धारणा केन्द्रस्तरमा देखिनु गलत भएको र त्यसलाई सुधार गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा मगर भएकै कारण मन्त्री बनाएको भन्ने कुराको विरोध गर्दै अब पुनहरु औलामा गन्ने स्थिति नरहेको बताए । पुनहरुको अधिकारको संरक्षण गर्ने अधिकार पुनकै रहेको र अन्य कसैको नरहेको बताए । पुनको अधिकार गुम्नुको पछाडी पुनहरु पार्टीको निर्देशनमा हिड्नु रहेको उनले बताए ।

उनले अब अधिकारका लागि पार्टीभन्दा माथि उठेर बुद्धि विवेकले एक हुन अनुरोध गरे । राष्ट्रिय सौन्दर्यकर्मी महासँघ अध्यक्ष मिना गुरुङले धर्म संस्कृति परम्परालाई एकृकित भएर अगाडी बढाउनेमा विश्वास व्यक्त गरिन् । उनले मानिसको सबैभन्दा ठुलो धर्म मानव धर्म रहेको र त्यसमा पुन उनले देश विकासका लागि समेत योगदान गर्ने बताइन् ।

मौलिक संस्कृति र धर्मको पहिचानका लागि एक जुट भएको बताइन् । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य खमबहादु गर्बुजाले दिप प्रज्वलन गरि गरेका थिए । २०७८ तथ्यांकअनुसार पुन जाती छुट्टै जातीको रुपमा तथ्यांकित गरेको खुसीयालीमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

कार्यक्रममा पुन जातीको संस्कृतिसँग जोडिएका तृत्यहरु समेत प्रस्तुत गरिएको थियो । पुन समाज नेपालका केन्द्रीय अध्यक्ष भीमबहादुर फलामी पुनले जातीय पहिचानको लडाइँमा १७ औं राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने अवस्थासम्म आउँदा धेरै मिहेनत, कष्ट र आर्थिक सहायता प्राप्त भएको बताए । आज राष्ट्रिय तथ्यांकमा पुन समुदाय सुचिकृत खुसीयाली मनाउँदै गर्दा अझै लडाइँ बाकीँ रहेको उनले सुर्ना । उनका अनुसार पुन समुदाय सुचिकृत भइनसकेको र सुचिकृत उन्मुख रहेको बताए ।

पुन समुदाय सुचिकृत हुन लाग्दा घातप्रतिघातका कुराहरु पनि भइराखेको उनले बताए । ‘हाम्रो लडाईँ अझै बाकीँ छ । हामी सुचिउन्मुख जातीमा पर्छौ सुचिकृत जातीमा होइन ।

अनि लडाइ भनेको सुचिकृत गर्नका लागि अझै जिवित छ त्यसमा हामी बलबुताले भ्याएसम्म, कानुनी अधिकारले दिएसम्म हामी लड्ने छौ र सुचिकृत हुन बाकीँ रहेका जातहरुलाईपनि हामी सुचिकृत गराए छाड्छौ भन्ने प्रतिज्ञा हो’ उनले भने, ‘यहाँ कता कता सुनिएको छ पुन समाजको दर्ता खारेज गरिदिने रे । हेरमला हामीपनि कसरी खारेज गर्दो रहेछ ।

तिमिले खोसेको अधिकार स्थापित गर्न सकेनौ भने जे भन्नुहुन्छ त्यो गर्नेछौं हामी ।’ उनले पुन समाजलाई सुचिकृत गर्छुभन्दै आथिर्क हिनामिना गरेको र अहिले पुन सुचिकृत हुँदा विरोध गर्ने गरेको बताए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL