पाेखरा । गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले खेलकुदले देशको प्रतिष्ठा बढाउने बताउनु भएको छ ।
पाेखरा रंगशालामा संचालन भएको प्रथम प्रदेश स्तरीय राष्ट्रिय भरत्ताेलन प्रतियोगिता उद्घाटन गर्दै उहाँले मनाेरञ्जन र व्यायामकाे लागि मात्र नभई राज्यको प्रतिष्ठा बढाउने बताउनुभयो ।
खेलाडी देश तथा बिदेशीमा पदक जित्दा राष्ट्रिय सान उच्च हुने भएको हुँदा खेलाडीमा अनुशासन र सहाश चाहिने बताउनुभयो ।
नेपालबाट देशलाई चिनाउन संभावना रहेको जानकारी दिदै उहाँले समाजिक बिकास मन्त्रालय सधैं अभिभावक भएर काम गर्ने बताउनु भयो ।
प्रतियोगितामा ७ प्रदेशका खेलाडी सहभागी रहेका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला भारोत्तोलन संघको व्यवस्थापनमा उक्त प्रतियोगिता शनिबार सम्म चल्ने छ ।
प्रतियोगितामा महिला ४९, ५९, ७१, ८१ केजी तौल मुनी र माथी प्रतिष्पर्धा हुने छ भने पुरुषतर्फ ६१, ७३, ८९, १०२ केजी तौल मुनी र माथी प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा कोशी प्रदेश मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी, लुम्विनी र सुदुर पश्चिम प्रदेशका खेलाडीहरुले सहभागिता जनाएका छन् । हरेक तौल समुहमा प्रदेश–प्रदेशका खेलाडीहरु भिड्का छन् ।






























प्रतिक्रिया लेख्नुहोस्:-