२०८३ असार २५, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

गण्डकी प्रेस
जेष्ठ १४, २०८० ११:५९ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
सवारी दुर्घटनामा ४ जनाको मृत्यु
7
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सुनसरी , ईनरुवा नगरपालिका-४ स्थित सडकमा को.७ प ७५३५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ६० वर्षीय लिलाकान्त पण्डितको मृत्यु भएको छ । बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पण्डितको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, बुद्धशान्ति गाउँपालिका-४ जोर लावरस्थित सडकमा ना.४ ख १३१३ नम्बरको बसको ठक्करबाट पैदलयात्री पाँचथर हिलिहाङ गाउँपालिका-६ घर भई झापा बुद्धशान्ति गाउँपालिका-४ स्थित ठुलीआमाको घरमा बस्ने आशिष तामाङकी छोरी ८ वर्षीया सोमिया तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पा, सुनिलस्मृति गाउँपालिका-२ चतुर्भुज मोडमा लु.८७ प २०६८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा चालक प्युठान स्वर्गद्वारी नगरपालिका-८ धनचौर बस्ने १६ वर्षीय सागर सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहा, गोलबजार नगरपालिका-७ स्थित सडकमा स.७ प २६१२ नम्बरको मोटरसाइकल र प्र.२-०१-००३ प ६३२१ नम्बरको स्कुटर एक-आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक नरहा गाउँपालिका-३ बस्ने २४ वर्षीय रन्जित साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३ जनामध्ये २ जनालाई थप उपचारको विराटनगरतर्फ रिफर गरिएको छ भने १ जनाको मिजा अस्पताल गोलबजारमा उपचार भइरहेको छ ।

सिरहा, कर्जन्हा नगरपालिका-३ स्थित सडकमा स.९ प १४६३ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको टिपरमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक गोलबजार नगरपालिका-६ बस्ने ३० वर्षीय जनक बिकको मृत्यु भएको छ । उक्त स्थानमा स.९ प १४६३ नम्बरको मोटरसाइकल र बागमती प्र.०६-०१ प.८८२० नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खादा स.९ प १४६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई टिपरमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बिकको फुलकुमारी महतो मिमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका स.९ प १४६३ नम्बरको मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ । प्रहरीले बागमती प्र.०६-०१ प.८८२० नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई हाल फरार टिपर चालकको खोजी गरिरहेको छ ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ कंकालिनी मन्दिर नजिक सडकमा प्र.२-०१-००१प ३०२६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत घर भई हाल सप्तरी हनुमाननगर कंकालिनीस्थित मामा घरमा बस्दै आएकी बिशेश्वर सिंहकी छोरी ९ वर्षीया निकी कुमारी सिंहको मृत्यु भएको छ । बुधबार दिउँसो मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित सडकमा बागलुङबाट पोखरातर्फ जाँदै गरेको लु.३ च ५१२ नम्बरको जिपको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । ठककरबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, गणेशमान चारनाथ गाउँपालिका-३ स्थित भित्री सडकमा वीरेन्द्र बजारबाट जुरीतर्फ जाँदै गरेको ज.६ प ४७९० नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालक धनुषाधाम नगरपालिका-७ बस्ने ४० वर्षीय राजकुमार शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुलबुलेस्थित सडकमा तिनकुनेचोकबाट मंगलगढी चोकतर्फ जाँदै गरेको क.प्र. ०२००१ ज.०५७३ नम्बरको जिपमा क.प्र.०२००१ प ७८७४ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हुम्ला ताजाकोट गाउँपालिका-१ घर भई सुर्खेत वीरेन्द्नगर नगरपालिका-१२ पिपिरा डेरा गरी बस्ने ३५ वर्षीय अकबिर खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया नर्सिङ होम सुर्खेत हुँदै कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, चन्द्रनगर गाउँपालिका-७ स्थित शिवशक्ति इँटा उद्योगमा को.१ त ४७०४ नम्बरको ट्याक्टरमा इँटा लोड गरी अगाडि बढाउने क्रममा ट्याक्टरको चक्काले किच्चिएर सोही उद्योगमा काम गर्ने भारत घर भएका ३० वर्षीय श्याम बर्माको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनास्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL