२०८३ बैशाख ११, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

गण्डकी प्रेस
बैशाख २९, २०८० १८:३६ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक
23
SHARES
Share on FacebookShare on Twitter

पाेखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक ३३ वटै वडाहरूमा गर्ने गरी सुरु गरेको छ ।
अभियानको रूपमा महानगरका सबै वडाहरूमा गरिने यस प्रकारको तयारी बैठक नगरप्रमुख धनराज आचार्यले वडा नं.२५ बाट सुरु गर्नुभएको हो ।
पोखरा महानगरपालिका वडा नं. २५ मा आयोजित तयारी बैठकमा बोल्दै प्रमुख आचार्यले आगामी आवका लागि योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताको आधारलाई विशेष ख्याल गर्न अनुरोध गर्नुभयो ।
“वडा स्तरमा योजनाहरू तर्जुमा गर्दा सम्बन्धित वडाको आवश्यकता र प्राथमिकता पहिलो सर्त हुनुपर्दछ, उहाँले भन्नुभयो, वडामा रहेका सबै सरोकारवालाहरूको भेला मार्फत विधिसंगत तवरले तर्जुमा गरिएका योजनाहरू मात्र वडाको योजना बैङ्कमा सूचीकृत गरिनु पर्दछ ।”
योजना तर्जुमाका नाममा धेरै समय खेर जाने र परिणाममुखी योजनाहरू नबन्ने विगतका कमजोरीहरूलाई सुधार गर्दै अव चार वर्षका लागि आवश्यक योजनाहरू एकै पटक तर्जुमा गरी वडा वडामा योजना बैङ्क तयार गरिने उहाँले बताउनुभयो ।
आफ्नो कार्यकालमा सम्पन्न गर्न सकिने र स्रोतको सुनिश्चितता हुने योजनाहरू मात्र छनौट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय विकासको दीर्घकालीन सोचलाई ध्यानमा राखी योजनाहरू निर्माण गर्ने बेला आएको प्रमुख आचार्यले बताउनुभयो ।
महानगरपालिकाका सबै वडाहरूको समुचित र न्यायोचित विकासका लागि वर्तमान नेतृत्व तत्पर रहेको बताउँदै उहाँले महानगरमा विभिन्न दातृ निकायहरुको सहयोगमा २३ अर्ब बढीको लगानीमा नयाँ परियोजनाहरू सञ्चालनको तयारीमा रहेको बताउनुभयो ।
सुस्त प्रायः बनेको पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगको समन्वयलाई महानगरको नयाँ नेतृत्वले तदारुकताका साथ पुनर्स्थापित गरी अरबौँ रुपैयाँ लगानीको वातावरण तयार गरेको उहाँले बताउनुभयो ।
समृद्ध महानगर निर्माणका लागि नयाँ बन्ने योजनाहरू समेत परिणाममुखी बन्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार वडामा हुने योजना छनौटको प्रक्रियालाई सहभागितामूलक बनाई सबै नागरिकहरूको पहुँच स्थापित गर्ने उद्देश्यले वडा वडामा यस्तो प्रकारको कार्यक्रम गर्न लागिएको हो ।
समग्र पोखराको समुचित विकास नयाँ नेतृत्वको स्वार्थ हुने भन्दै उहाँले यस अभियानमा हातेमालो गर्न महानगरवासीलाई आग्रह समेत गर्नुभयो ।
वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरूले आफ्नो वडाका योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा गर्ने बताएका छन् । सो क्रममा आवश्यक विधि, प्रक्रिया र पद्धतिको पूर्ण पालना गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
तयारी बैठकमा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी लगायत स्थानीयहरूले नागरिकको आधारभूत आवश्यकता, भौतिक विकास, विपद् जोखिम न्यूनीकरण, पर्यटन विकास, कृषि, सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणका लागि मानव संसाधनको विकास लगायतका विषयमा योजनाहरू केन्द्रित गरिनु पर्ने बताए ।
वडा नं. २५ बाट सुरु भएको योजना तर्जुमा तयारी बैठक हालसम्म वडा नं. २४ र ५ मा समेत सम्पन्न भैसकेको छ । महानगरका अन्य वडाहरूमा यो कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान
अपराध

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

चर्चित खबरहरु

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

१ ताेला सुनकाे लागि कान काटियाे

१ ताेला सुनकाे लागि कान काटियाे

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे