२०८३ अशोज २१, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

गण्डकी प्रेस
भदौ २०, २०८३ ०८:३८ मा प्रकाशित
प्रमुख समाचार, समाचार
भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत
4
SHARES
Share on FacebookShare on Twitter


पोखरा / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा सम्पर्कविहीन सुरक्षाकर्मीका परिवारलाई राहत तथा सहायता उपलब्ध गराउने निर्णय सुरक्षा निकायहरूले गरेका छन् । बाढीमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १४ गरी ८४ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको जनाइएको छ ।

सशस्त्र प्रहरी बलले बाढीमा ज्यान गुमाएका आफ्ना कर्मचारीका आश्रित परिवारलाई सरकारी मापदण्ड तथा संगठनका राष्ट्रसेवकबाट हुने सहयोगसमेत गरी तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । मृतक कर्मचारीले कल्याण कोषबाट लिएको ऋणसमेत मिनाहा गर्ने निर्णय भएको छ ।

त्यस्तै, मृतकका सन्तानलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था, आश्रित परिवारका एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि सहयोग र उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णय सशस्त्र प्रहरीले गरेको छ । बाढीबाट ज्यान जोगाउन सफल पाँच कर्मचारीलाई जनही ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिने निर्णयसमेत भएको छ ।

बाढीबाट प्रभावित बहालवाला कर्मचारीका परिवार तथा अवकाश प्राप्त कर्मचारीका हकमा पनि सशस्त्र प्रहरीले राहतको व्यवस्था गरेको छ । मृत्यु वा घरबारविहीन भएमा १ लाख रुपैयाँ र घाइते भएमा ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइने जनाइएको छ ।

विपद्को यस घडीमा सशस्त्र प्रहरीका कर्मचारीको ३ देखि १५ दिनसम्मको तलब योगदान गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णयसमेत भएको छ ।

नेपाल प्रहरीले पनि बाढीमा ज्यान गुमाउने प्रहरी कर्मचारीका परिवारलाई प्रहरी नियमावलीबमोजिम प्राप्त हुने सेवा–सुविधाबाहेक थप १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी मिनाहा गर्ने, परिवारका इच्छुक एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि पहल गर्ने र सन्ततिलाई नेपाल प्रहरी स्कुलमा निःशुल्क अध्ययनको व्यवस्था मिलाउने निर्णय भएको छ ।

यसैबीच सरकारले बाढी प्रभावित क्षेत्रमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीका लागि विशेष सुविधा घोषणा गरेको छ । भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको हो । उद्धारका क्रममा घाइते भए निःशुल्क उपचार र मृत्यु भए परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल अग्रपंक्तिमा खटिएका छन् । नेपाली सेनाका ४५ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहे पनि सेनाले मृतक तथा प्रभावित परिवारलाई राहत दिने विषयमा भने अहिलेसम्म निर्णय गरिसकेको छैन । सेनाका टोलीहरू भने विपद् प्रतिकार्य, खोज तथा उद्धारमा निरन्तर खटिरहेका छन् ।

सम्बन्धित समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक
अर्थ

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी
प्रमुख समाचार

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित
प्रमुख समाचार

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण
राजनिती

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी
राजनिती

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ

खैरो हिरोइनसहित २ पक्राउ

चर्चित खबरहरु

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

बहुदलीय व्यवस्था र बालेनहरु

बहुदलीय व्यवस्था र बालेनहरु

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन