२०८३ भदौ २०, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

गण्डकी प्रेस
भदौ २०, २०८३ ०८:३८ मा प्रकाशित
प्रमुख समाचार, समाचार
भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत
0
SHARES
Share on FacebookShare on Twitter

पोखरा / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा सम्पर्कविहीन सुरक्षाकर्मीका परिवारलाई राहत तथा सहायता उपलब्ध गराउने निर्णय सुरक्षा निकायहरूले गरेका छन् । बाढीमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १४ गरी ८४ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको जनाइएको छ ।

सशस्त्र प्रहरी बलले बाढीमा ज्यान गुमाएका आफ्ना कर्मचारीका आश्रित परिवारलाई सरकारी मापदण्ड तथा संगठनका राष्ट्रसेवकबाट हुने सहयोगसमेत गरी तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । मृतक कर्मचारीले कल्याण कोषबाट लिएको ऋणसमेत मिनाहा गर्ने निर्णय भएको छ ।

त्यस्तै, मृतकका सन्तानलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था, आश्रित परिवारका एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि सहयोग र उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णय सशस्त्र प्रहरीले गरेको छ । बाढीबाट ज्यान जोगाउन सफल पाँच कर्मचारीलाई जनही ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिने निर्णयसमेत भएको छ ।

बाढीबाट प्रभावित बहालवाला कर्मचारीका परिवार तथा अवकाश प्राप्त कर्मचारीका हकमा पनि सशस्त्र प्रहरीले राहतको व्यवस्था गरेको छ । मृत्यु वा घरबारविहीन भएमा १ लाख रुपैयाँ र घाइते भएमा ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइने जनाइएको छ ।

विपद्को यस घडीमा सशस्त्र प्रहरीका कर्मचारीको ३ देखि १५ दिनसम्मको तलब योगदान गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णयसमेत भएको छ ।

नेपाल प्रहरीले पनि बाढीमा ज्यान गुमाउने प्रहरी कर्मचारीका परिवारलाई प्रहरी नियमावलीबमोजिम प्राप्त हुने सेवा–सुविधाबाहेक थप १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी मिनाहा गर्ने, परिवारका इच्छुक एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि पहल गर्ने र सन्ततिलाई नेपाल प्रहरी स्कुलमा निःशुल्क अध्ययनको व्यवस्था मिलाउने निर्णय भएको छ ।

यसैबीच सरकारले बाढी प्रभावित क्षेत्रमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीका लागि विशेष सुविधा घोषणा गरेको छ । भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको हो । उद्धारका क्रममा घाइते भए निःशुल्क उपचार र मृत्यु भए परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल अग्रपंक्तिमा खटिएका छन् । नेपाली सेनाका ४५ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहे पनि सेनाले मृतक तथा प्रभावित परिवारलाई राहत दिने विषयमा भने अहिलेसम्म निर्णय गरिसकेको छैन । सेनाका टोलीहरू भने विपद् प्रतिकार्य, खोज तथा उद्धारमा निरन्तर खटिरहेका छन् ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता
प्रमुख समाचार

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार
प्रमुख समाचार

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन
प्रमुख समाचार

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’
प्रमुख समाचार

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन
प्रमुख समाचार

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन
प्रमुख समाचार

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

त्रिशूली थ्री ए सुरुङ भित्रबाट एक जनाको जीवितै उद्धार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

चर्चित खबरहरु

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

नेपालका सात संविधान र परिवर्तन

नेपालका सात संविधान र परिवर्तन

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला