पोखरा-१०, रामबजार – कालिका मा. वि. पोखरा-१० रामबजारले आयोजना गरेको सामुदायिक विद्यालय क्लस्टर स्तरीय लोक नृत्य प्रतियोगितामा बाराही मा. वि. मालेपाटन प्रथम भएको छ। प्रतियोगितामा कूल आठ विद्यालय सहभागी भएकोमा आयोजक कालिका मा. वि. ले द्वितीय स्थान, सिद्ध मा. वि. फलेपाटनले तृतिय स्थान र वाल मन्दिर मा. वि. नदीपुरले सान्त्वना स्थान प्राप्त गरेको कार्यक्रमका संयोजक विद्यालयका सहायक प्र. अ. कुशल लामिछानेले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा-१० का वडाध्यक्ष राजेश गुरुङ रहनु भएको थियो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि वडाध्यक्ष राजेश गुरुङले विद्यार्थीहरूको सृजनशीलता अभिवृद्धि गर्दै लोक सँस्कृतीको सँरक्षणमा कार्यक्रम फलदायी रहेको वताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले स्वागत मन्तव्य राख्दै क्लस्टरले विभिन्न समयमा रचनात्मक र विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आएको जानकारी गराए ।
विजयी विद्यार्थीलाई पोखरा १० का वडा सदस्य परमेश्वर बहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नारायण श्रेष्ठ, विद्यालयका प्र.अ. श्रीराम आचार्य, शि. अ. सं. अध्यक्ष लक्ष्मण के. सी. , कार्यक्रमका संयोजक कुशल लामिछाने लगायतले नगद पुरस्कार तथा ट्रफी सहित प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमको पर्वद्धक पोखरा महानगरपालिका वडा नं १० रहेको थियो भने निर्णायकको भूमिका युवराज गुरूङ, गम्भिर बर्देवा, प्रिती गुरूङले निर्वाह गरे । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक ज्ञान बहादुर थापाले गरे । प्रतियोगिताले विद्यार्थीहरूमा सांस्कृतिक चेतना जागृत गर्दै उनीहरूको प्रतिभा निखार्ने अवसर प्रदान गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै जाने कार्यक्रमका संयोजक लामिछानेले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-