काठमाडौं । नेपाल एपिएफ क्लब प्रधामन्त्री कप राष्ट्रिय महिला ट्वान्टी २० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । सुदूरपश्चिम प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकाल्दै विभागीय टोली एपीएफ च्याम्पियन बनेको हो ।
शनिबार धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ६८ रनको लक्ष्य एपिएफले १२.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको थियो । एपिएफका लागि ममता चौधरीले अविजित ४३ र कप्तान इन्दु बर्माले अविजित १८ रन बनाएकी थिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल तयार पार्न सफल भएको थियो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनमा भएको प्रतियोगितामा ९ टोलीको सहभागिता थियो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-