धनगढीमाइ नगरपालिका-१० जिरोमाईलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३० किलोग्राम शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
उक्त स्थानमा ना.३ ख ७५९१ नम्बरको ट्रकमा बा.८ च ९९६३ नम्बरको कार ठक्कर खाई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले कार तलासी गर्दा कारभित्र प्लाष्टिकको ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । ट्रक चालकलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८

























प्रतिक्रिया लेख्नुहोस्:-