रिक्त ४१ स्थानमा शनिबार भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको । आयोगले आइतबार साँझ विज्ञप्ति जारी गर्दै मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जानकारी गराएको छ ।
उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेको आयोगले जनाएको छ ।
उपनिर्वाचनमा २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो । उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-